रोनाल्डो पेनाल्टीमा चुके, पोर्चुगल हार्‍यो


१३ चैत, काठमाडौं । क्रिष्टियानो रोनाल्डो पेनाल्टीमा गोल गर्न चुकेपछि पोर्चुगल मैत्रिपूर्ण खेलमा बुल्गेरियासँग पराजित भएको छ ।
घरेलु मैदानमा भएको खेलमा पोर्चुगल बुल्गेरियासँग १-० ले पराजित भएको हो । बुल्गेरियाका लागि १९ औं मिनेटमा मार्सेलिन्होले गोल गरेका थिए ।
दोस्रो हाफमा पोर्चुगलले पेनाल्टी पाएको थियो । तर, ६७ औं मिनेटमा रोनाल्डोको पेनाल्टी प्रहार विपक्षी गोल किपरले रोके ।