१३ चैत, काठमाडों । राष्ट्रपति विद्यादेवी भण्डारी शनिवार विहान वागमती सफाइ अभियानमा सहभागी भएकी छिन् । यसक्रममा उनले वागमतीको सभ्यता संरक्षणका लागि सवै नेपाली जुट्नुपर्ने बताइन् ।
काठमाडौंको गुहेश्वरीमा बागमती महोत्सवको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले बागमतीलाई पुरानै अवस्थामा फर्काउन भइरहेको कामको प्रशंसा गर्दै अभियानमा सहभागी सबैलार्इ धन्यवाद दिइन् ।
बागमती सफाइ अभियान सञ्चालन भएको १ सय ५० साता पुगेको छ । सफाइ अभियान १ सय ५० सातामा प्रवेश गरेको अवसरमा शनिबार वागमती महोत्सवको आयोजना गरिएको छ ।
अभियानमा उपप्रधानमन्त्री विजयकुमार गच्छदार र पूर्वमुख्यसचिव लीलामणि पाैडेल लगायतकाे सहभागिता थियो ।
२७० जेठ ५ गतेवाट शुरु भएको वागमती सफाइ अभियानकै परिणाम स्वरुप राजधानीको गोकर्णदेखि शंखमूलसम्मको नदी क्षेत्र सफा भएको अभियन्ताहरूले बताएका छन् ।
सफाइ अभियानकै क्रममा सो क्षेत्रमा २ हजार ९ सयवटा विरुवा रोपिएको छ । नदीका दाँयाबाँया विभिन्न ४५ वटा संघ संस्थाले बगैंचा, पार्क र वृक्षरोपण गरेका छन् । बागमतीबाट हालसम्म बागमतीवाट ५ हजार टनभन्दा बढी फोहोर निकालिसकिएको छ ।
साभारः अनलाइन खबर




Milan Shrestha । १३ चैत्र २०७२, शनिबार १२:२७ बजे