लायन्सद्धारा एक दिने आत्मरक्षा तालिम संचालन(फोटो फिचर सहित)


सहायक प्रशिक्षक तेजु गुरुङ्ग तालिम दिदै ।

मिलन श्रेष्ठ
मंसिर, सुर्खेत । मानिसलाई जहिले पनि बलले भन्दा टेक्निकले कमजोर व्यक्तिहरुले पनि सजिलै जित हासिल गर्ने सक्ने एक कार्यक्रम बिच करातेका अन्तराष्ट्रि खेलाडी एवंम् सहायक प्रशिक्षक तेजु गुरुङ्गले उक्त कुरामा जोड दिनु भएको हो ।

सुर्खेत जिल्ला स्थीत लायन्स क्लब अफ सुर्खेत शिबबिहार, काक्रेबिहार, सिद्धापाईला, मध्यपश्चिम, भैरवस्थान, सुर्खेत भ्याली, सेरोफेरो, कर्णाली, सिटी र लायन्स क्लब अफ सुर्खेत चौगानको संयुक्त आयोजनामा जिल्ला स्थति विभिन्न बिधालयका छात्राहरुको आत्म रक्षाका लागी वा आपत परेको अवस्थामा कसरी आफूले अरुको आक्रमणबाट बचाउने उद्धेश्यका साथ संचालन भएको एक दिने आत्मरक्षा तालिममा प्रशिक्ष दिदै उक्त कुरा बताउनु भएको हो ।

छात्राहरुलाई प्रशिक्षण गर्दे करातेका अन्तराष्ट्रि खेलाडी , सहाय प्रशिक्षक प्रदिप राई ।

यसै गरी करातेका अन्तराष्ट्रि खेलाडी , आठौं साफ खेलमा स्वर्ण पदक बिजेता सहायक प्रशिक्षक तेजु गुरुङ्गले बिगत केहि समयता मुख्य गरि १५ देखि २० बर्ष सम्मका छात्राहरुलाई खराब नजरले हेर्नुका साथै उनीहरुको शरिरमाथी आक्रमण गर्ने भएको हुदा सो समयमा प्राथमिक बचाउका लागी उनीहरुबाट उम्कीएर कसरी बच्ने भन्ने तरिकामात्र सिकाएको जानकारी दिनु भयो ।

अर्का करातेका अन्तराष्ट्रि खेलाडी , सहाय प्रशिक्षक प्रदिप राईका अनुशार आफुलाई अरुबाट कसरी बचाउने गर्ने भन्ने तरिका सिकाउने त हो, तर पनि आत्मरक्षाका लागी एक दिनको तालिमले मात्र मनोवल उच्च नहुने बताउनु भयो, उहांका अनुशार यो तालिमलाई कम्तीमा पनि छात्राहरुले पूर्णरुपमा आत्मरक्षाका लागी सक्षम हुदैन तब सम्म तालिम दिनु पर्ने कुरामा जोड दिनु भयो, साथै यो तालिमलाई देश भर रहेका बिधालयहरुका छात्रालाई प्रदान गर्नु पर्ने र सरकाले पनि उक्तकुरालाई प्रोत्सान दिनु पर्नै बताउनु भयो ।

तालिम लिदै विभिन्न बिधालयका छात्राहरु ।

लायन्स सारदा शेर्पाको अध्यक्षतामा तथा लायन्स भद्र भण्डारीको प्रमुख आथित्यमा सम्पन्न तालिमा लायन्स बिनु सिं भास्कर, हस्त डाठा, चन्द्राकुमारी भटराई, सुवास श्रेष्ठ, बसन्ता शर्मा लगाएतको उपस्थित रहेको थियो भने करिब ३० जना छात्राहरु तालिममा सहभागि हुनुभएको थियो ।