जुम्लाको अध्यक्षमा न्यौपाने निर्बाचित


जेठ १५, सुर्खेत ।

नेपाल राष्टिय शिक्षक संगठन जुम्लाको १२ औं अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । अधिवेसनले जाज्वयलराज न्यौपानेको अध्यक्षतामा नयाँ नेतृत्वको चयन गरेको हो ।

नयाँ समितिको उपाध्यक्षमा सुरतबहादुर शाही, सचिवमा रंगबहादुर रोकाया, कोषाध्यक्षमा भिमबहादुर थापा, सहसचिवमा बिष्णुमाया रावल निर्बाचित हुनुभएको छ ।

केन्द्रीय प्रतिनिधिमा पृथ्वीबहादुर रावत, बिष्णुलाल रोकाय र गजेन्द्रप्रसाद चौधरी निर्बाचित हुनुभएको छ ।

निर्विरोध निर्वाचित हुनेमा महिला उपाध्यक्ष पदमा पछाई, सह कोषाध्यक्षमा मागली शाही र केन्द्रीय प्रतिनिधिमा झनमाया खत्री रहनुभएको छ ।