पलाता गाँउपालिकामा ४३१ जना कर्मचारीलाई निरन्तरता


 

१४ साउन, सुर्खेत । पलाता गाँउपालिका कालिकोटले पुनः ४ सय ३१ जना कर्मचारीहरुलाई काममा निरन्तरता दिने निर्णय गरेको छ ।

गाँउपालिकामा कार्यरत कर्मचारीलाईहरुलाई केहीदिन अगाडिबाट काममा नलगाएको भएतापनि फेरी पालिकास्तरिय बैठकबाट काममा निरन्तरता दिने निर्णय भएको गाँउपालिका अध्यक्ष लक्ष्मणबहादुर बम पलाती कान्छाले जानकारी दिनुभयो ।

अध्यक्ष बमका अनुसार शिक्षामा ६७ जना, स्वास्थ्यमा ३१, बिद्धुतमा १३, रेडियोमा ९, कृषिमा ४, भेटेनरमा ३, बडासाहेकमा ९, बडा सहयोगीमा  ९, पलाँता निर्माण कार्यदल शाखामा २, शिक्षा शाखामा १, स्वास्थ्य शाखामा १, कम्प्युटर अप्रेटरमा १, आटि अफिसरमा १, खेल शाखामा २, महिला शसक्तिकरणमा १४, किशोरी शसक्तिकरणमा ५, पन्जिकरणमा ४, गापा चौकिदारमा १, गापा शाखा र कार्यालय कासमा ९, १५ शैयाको अस्पतालमा २०, सिभिल प्राबिधिकमा ८ र यातायातमा ६ जना कर्मचारीलाई मासिक तलबमा पुनः निरन्तरता दिएको हो । त्यस्तै १५० जना पुराना र ५० जना नयाँ थपेर कार्यदलमा कर्मचारी थपिएको छ ।