कृष्णराज धमाला
जेठ २१, सुर्खेत ।
कर्णाली करिडोरको कालीकोट सडक खण्ड नेपाली सेनाद्वारा ट्याक खोलीएको छ । करिडोरको ३८.५ किलोमिटर सडकको ट्याक खोलीएको हो । ट्याक खोलीए सँगै कालीको र बाजुराका स्थानियवासी खुसी भएका छन् ।
आगामी दुई बर्ष भित्र हुम्ला सम्म सडक निर्माणको काम पूरा गरिसक्ने योजना अनुसार काम भइरहेको निर्माण कार्यदल प्रमूख मेजर मिलन कार्कीले जानकारी दिनुभयो । आ.ब. ०७४,०७५ को स्वीकृत कार्यक्रम अनुसार कालीकोट सडक खण्ड कार्यालयलाई हस्तान्तरण गरीने समेत मेजर कार्कीले जानकारी दिनुभयो ।
नेपाली सेना र जिल्ला स्थित सरोकारवालाहरुको एक टोलीले स्थलगत अबलोकन गरि बाजुराको सिमाना सम्म साना गाडी सहज रुपमा पुगेको बताइएको छ ।
नेपाली सेनाले अफ्ठारो भूगोल शीत घुलमिल हुँदै चट्टानमा रात दिन भिडेर कालीकोटका कर्णाली पारीका नागरिकहरुको गाडीमा यात्रा गर्ने सपना साकार पारेका भन्दै स्थानीयले नेपाली सेनाको कार्यको प्रशंसा समेत गरेकाछन् ।
बिकटताको प्रतिकका रुपमा हेरीदै आएको कालीकोटमा कर्णाली राजमार्ग अन्तरगत सुर्खेत जुम्ला सडक खण्ड, कर्णाली करीडोरमा नेपाली सेनाले गरेको काम र रास्कोट र पचालझरनामा र्याप थ्रिले सडक निर्माणमा गरेका योगदानका स्थानीयले प्रशंशा मात्रै गरेका छैनन्, सदियौं देखि गाडी चढ्ने अधुरो सपना पुरा भएको आफूहरु पनि भाग्यमानि भएको प्रतिक्रिया दिएका छन् ।




Milan Shrestha । २१ जेष्ठ २०७५, सोमबार ०३:५१ बजे