देशभर ६५४३ जना कोरोना संक्रमण मुक्त


६ जेठ, सुर्खेत । पछिल्लो चौविस घण्टामा देशभर थप ८ हजार ३०५ जना कोरोना संक्रमित थपिएका छन् । यहि अवधीमा १९० जनाको ज्यान गएको छ भने अवधीमा ६ हजार ५४३ जना भने कोरोना मुक्त भएका छन् ।

यस्तै कर्णाली प्रदेशमा पिसिआर चेकजाँचबाट २ सय ६० जना र एन्टिजेन चेकजाँचबाट १ सय ९५ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै ३ सय ९० जना कोरोनाको संक्रमणबाट मुक्त भएका छन् भने पछिल्लो चौविस घण्टामा कर्णालीमा ७ जना संक्रमित को मृत्यु भएको स्वास्थ्य सेवा निर्देशनाल सुर्खेतले जनाएको छ ।