वर्ल्डलिंकद्वारा देउती बज्यै मन्दिर परिसर सरसफाई


१५ साउन, सुर्खेत । आज साउन १५ अर्थात खिर खाने दिन यही दिनको अवसरमा आज नेपाल कै ठूलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्यूनिकेशनले कर्णाली प्रदेशको चर्चित शक्तिकी देवी मन्दिर श्री गंगामाला देउती बज्यै परिसर सरसफाई गरेको छ ।

वर्ल्डलिंक कम्यूनिकेशन सुर्खेत शाखाका प्रवन्धक कुमार आचार्यका अनुसार वर्ल्डलिंक कम्यूनिकेशनले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत रहेर मन्दिर परिसर सरसफाई गरेको हो साथै परिसरमा फोहर जम्मा गर्ने भाँडा (डस्टविन) ४ थान समेत राखेको छ । शाखा प्रमुख आचार्य भन्नुहुन्छ देउती बज्यै मन्दिरमा भक्तजनहरुको अत्याधिक घुइचो हुने र मन्दिर परिसरमा फोहर बढ्ने भएकोले हामीले सरसफाई कार्यक्रम गरेका हौ साथै हामी चाँडैले वीरेन्द्रनगरको विभिन्न ठाँउमा हटस्पटपनि छोड्दै छौ ।