गजल


कसम मलाई फूलभन्दा गतिलो भमरा लाग्छ
कि तिमी कि तिम्रो नखरा लाग्छ

म जुन दिन बा लाई बाँच्न घर बन्धक राख्ने कुरो गर्छु
त्यहिदिन घर बाहीर सामान्तवादको नारा लाग्छ

जब जब यि फूलहरु बसाउँदै चोकतिर देखीन्छन्
यो त सरासर म जस्तो दिलबहादुर मार्ने पारा लाग्छ

के भन्यो भन्लान् फेरी यि हरीत क्रान्तिकारीहरुले
मलाई त दुबो भन्दा बेहत जमरा लाग्छ

गोरा अंग्रेज माष्टर टोलमा जागिरे भएदेखी                                    केशब खड्का
किन हो मलाई मेरी आमा जस्तै कखरा लाग्छ

मान्छेलाई जरैदेखी नियाल्ने आदत परेको छ
यो घुम्ने मेचमाथीको मान्छे ज्यानमारा लाग्छ

रुकुम
हाल हेटौंडा