सुर्खेत, २३ जेठ ।
पश्चिम सुर्खेतको कुनाथरी पूर्णखोपयुक्त गाउँ विकास समिति घोषणा भएको छ ।जन्मेदेखि १ वर्षसम्मका ९ सय भन्दा बढी बालवालिकालाई आवश्यक खोपको मात्र पुरा गरी कुनाथरीलाई पूर्ण खोपयुक्त गाविस घोषणा गरिएको हो ।
गत वर्षदेखि नै पूर्णखोपयुक्त अभियान संचालन गरी यो वर्ष छुटेका बालवालिकालाई थप खोपको मात्र पुरा गदै पूर्णखोप युक्त घोषणा गरिएको गाविस सचिव एवं स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्ष आनन्द चपाईले बताउनु भयो ।वड्डीचौरमा भएको घोषणा कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यलय सुर्खेतका प्रमुख बसन्त अधिकारीले खोपको सुनिश्चितताको लागि सवै पक्ष प्रतिवद्ध र सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सहभागी विभिन्न राजनीतिक दल, संघसंस्थाका प्रतिनिधी, महिला स्वयम सेविक लगायतले खोपलाई सुनिश्चित गर्ने प्रतिवद्धता जनाएका छन ।कार्यक्रम गाविस सचिव एवं स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्ष आनन्द चपाईको सभापतित्वमा भएको हो ।
साभारः राराखबर अनलाइन



Prawash Kumar Shakya । २३ जेष्ठ २०७३, आईतवार ११:५७ बजे