असार १०, कालीकोट ।
कालीकोट जिल्लाको रास्कोट नगरपालिकालाई समृद्ध, सुन्दर बिकसित नगर बनाउन नेपाली कांग्रेसले बुदागत रुपमा सुझाव दिएको छ । नगरपालिकाको आब ०७५,०७६ को बार्षिक योजना तर्जुमा कार्यक्रममा नेपाली कांग्रेसले यस्ता बुँदा सहभागी गराउन पालिकालाई आग्रह गरेको हो ।
नेपाली कांग्रेसका सहसचिव दमनबहादुर शाही सहितको टोलीले सडक, सिचाई, शिक्षा, स्वास्थ्य, कृषि, सफा खानेपानी, पर्यटन, जलविद्युत, वन, युबाका लागि खेलकुद, जडिबुटी, बाताबरणिय क्षेत्र दीर्घकालीन र अल्पकालीन रणनीतिक योजनाको छनौट गर्दै नगरपालिका सबै बस्ती घरधुरीका नागरिक प्रत्यक्ष लाभान्वित हुने गरि बजेट बिनियोजन गर्नु पर्ने सुझाव दिएको छ ।
बेरोजगारी समस्या समाधान गर्नका लागि युबाहरुलाई कृषि, फलफूल, जडिबुटी क्षेत्रमा बजेट बिनियोजन गरिनु पर्ने, जनताको सूचना माग्न पाउनु पर्ने हक ऐनलाई प्रयोग गर्दै सार्बजनिक सुनुवाई गर्नु पर्ने, संघिय सरकार र प्रदेश सरकारलाई महत्वकांक्षी योजनाहरुको पहिचान गरि पर्याप्त बजेटका लागि माग गर्नु पर्ने, राम्रो कामको खुलेर सहयोग गर्ने अनियमित र कानुन बिपरित कामको कडा प्रतिबाद गर्ने पनि नेपाली कांग्रेसले सुझाव दिएको छ ।



Milan Shrestha । १० असार २०७५, आईतवार ०६:४० बजे