समुदाय-प्रहरी टोल समिति गठन


३० कार्तिक, सुर्खेत । वीरेन्द्रनगर ९ लाटीकोइली सुर्खेतमा आज समुदाय-प्रहरी-साझेदारी कार्यक्रम अन्तरगत समुदाय-प्रहरी टोल समिति गठन गरिएको छ ।

९ न‌ं वडा लाटीकोइलीमा रहेको बौद्ध टोल विकास संस्था, शिवपूर टोल विकास संस्था र शिवालय टोल विकास संस्थालाई समेटेर समुदाय-प्रहरी टोल समिति गठन गरिएको हो ।

९ नं. वडाका महिला वडा सदस्य सुनिता लामा गुरुङ्गको संयोजकत्वमा प्रवाशकुमार शाक्य (बौद्ध टोल), ज्ञानेन्द्रबहादुर केसी (शिवपूर टोल), पूर्णबहादुर थापा (शिवपूर टोल) का अध्यक्षहरु सदस्य चयन हुनुभएको छ ।

त्यस्तै अन्य सदस्यहरुमा सञ्जु सिजापति मगर, विष्णु घिमिरे, विशाल केसी चयन हुनुभएको छ भने सदस्य सचिवमा प्रहरी हवल्दार ललितबहादुर रावत रहनुभएको छ ।

समितिले टोलहरुमा भएका विभिन्न हिंसा तथा अपराधका घटनाहरुलाई न्यूनीकरण गर्ने सदस्य सचिव रावतले जानकारी दिनुभयो ।