चोरिका ६ मोटरसाइकल भन्सारलाइ बुझाइयो


सुर्खेत, १९ जेठ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले डेढ महिनामा पक्राउ परेका चोरिका ६ वटा मोटरसाइकल भन्सार कार्यालय नेपालगन्जलाइ बुझाएको छ । गत बैशाखदेखि यता ४ वटा पल्सर र दुइ वटा अपाचि मोटरसाइकल ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो । नियमित चेकजाँचका क्रममा जिल्लाका विभिन्न स्थानबाट मोटरसाइकल नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी प्रमुख जीवन बुढाथोकीले जानकारी दिए ।
    भे २ प २८३८, भे २ प ७६३८, भे २ प ५४०७, भे ३ प ८४६, भे ३ प २६८३ र भे २ प ५४४८ नम्बरका मोटरसाइकल ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका ६ वटै मोटरसाइकल आइतबार भन्सार कार्यालय नेपालगन्जमा पठाइएको छ । पक्राउ परेको लामो समयसम्म पनि सम्बन्धित व्यक्ति लिन नआएपछि भन्सारमा पठाइएको बुढाथोकीले जानकारी दिए ।