
सुर्खेत, २२ असार ।मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेत ईन्जिनियरिङ्ग संकायका विद्यार्थीले विभिन्न ७ बुँदे माग राखि विगत १५ दिनदेखि आन्दोलन गर्दै आएको विद्यार्थी संघर्ष समितिले विश्वविद्यालयले आफ्ना मागहरुको सुनुवाई नगरेको भन्दै उनीहरुले असार २० गते बुधबार देखि आमरण अनशन सुरु गरेका थिए ।
यसरी आफ्ना मागहरु पुरा नभएर आमरण अनसन बसेका इन्जिनियरिङ संकायका विद्यार्थीहरु रत्न शर्मा, मिलन बि.सी. र रोशन बस्नेत मध्य बिहिवार (हिजो) राती देखि अनसनमा बसेका रोशन बस्नेतको अवस्था गम्भिर भई शुक्रबार (आज) बिहान एक्कासी बेहोश भए पश्चात उनलाई थप उपचारका लागि देउती अस्पताल सुर्खैतको आई.सि.यू कक्षमा भर्ना गरिएको थियो ।
आफ्ना मागहरु क्याम्पस प्रशासनलाई राख्दा पनि वेवास्ता गरी बार्ता नै नगरेको विद्यार्थीहरुले आरोप लगाएका छन् ।
उनीहरुले १५ दिनदेखि शान्तिपूर्ण आन्दोलन गर्दा पनि विश्वविद्यालयका पदाधिकारीहरुले वेवास्ता गरेको भन्दै अनशन बसेको संघर्ष समितिका सदस्य रोशन बस्नेतले बताउनुका साथै उहाँले आफ्ना मागहरु पुरा नभएसम्म अनशनलाई जारी राख्ने बताउनुभयो ।

अवस्था गम्भिर भई आई.सि.यूमा उपचार गराई रहेका रोशन बस्नेतले शारिक अवस्थामा सुधार हुदै आएपछि आक्रोशित हुदै भने , हाम्रो आन्दोलन यो अवस्था सम्ममा आई पुग्दा पनि सम्बन्धित निकाय , विदयालय प्रशासन मौन रहेका छन्, के विधयालयको विधाथीहरु माथिको जिम्मेवारी यहि हो ।
डा.महेशकुमार खनालका अनुशार बिगत ३ दिन देखि शरिरमा अन्न भएको कारण उहांको स्थास्थ्य अवस्था जटिल भएको थियो, आज उहांलाई भर्ना गरेर थप उपचार पश्चात हाल उहांको स्वास्थ्यमा सुधाई आई खतरा मुक्त रहेको बताउनु भयो ।



Milan Shrestha । २२ असार २०७५, शुक्रबार १२:४० बजे