
सुर्खेत, २४ असार । गुर्भाकोट नगरपालिकाको सहयोग, पहल परियोजनाको व्यवस्थापन, सुन्दर नेपाल संस्थाको सहजीकरणमा संचालित कृषि, स्वास्थ्य तथा बैकल्पिक जीविकोपार्जन प्रवद्र्धन कार्यक्रम पहल अन्तर्गत शुक्रबार देखि गुुर्भाकोट नगरपालिका वडा नं.०३ हिलेमा पहल समूहका विभिनन कृषकहरुका लागि आधुनिक फलफूल तथा तरकारी खेती सम्बन्धि ३ दिने तालिमको आईतबार (आजंस)समापन भएको छ ।
समापन कार्यक्रममा बोल्दै कार्यक्रमका अध्यक्ष एवंम् गुर्भाकोट नगरपालिका वडा नं.०३ का अध्यक्ष ओमप्रकाश वुढाकले २१औं शताब्दिको संघारमा आई पुग्दा पनि हामी कृषकरुले पुरानै तरिकाबाट खेती गर्ने गरेको प्रती दुःख व्यक्त गर्दे अबको खेती प्रणाली भनेको आधुनिककरण गर्नु हो । उनले भने,मेरो पुर्खाली मकै लगाउने कार्य गर्दथे भने अब हामीहरुले पनि मकै लगाउनु पर्दछ भन्ने होईन, यदि मकैको ठाउमा अन्य कुनै आधुनिक खेती गर्दा हामीलाई फाईदा मिल्द छ भन, े हामीले उक्त खेती किन नगर्ने ।
वुढाका अनुशार धारापानी क्षेत्र जुडिबुटीका लागि अत्याधिक सम्भाब्यता बाकेको क्षेत्र भएको हुदा, यहांका कृषकहरुले आधुनिक फलफूल तथा तरकारी खेती संगै जडिबुटीलाई पनि प्रोत्साहन दिए कृषहरुको आर्थिक बृद्धिमा टेवा पुग्ने बताए । अध्यक्षले आगामि बर्षको बजेटमा आफुले कृषि क्षेत्रलाई प्रथामिकता दिदै बजेट विनियोजन गर्दे अगाडि बढ्ने प्रतिवद्धता समेत जनाए ।
शुक्रबार देखि संचालन भएको तालिमको सहजीकरण पहल परियोजनाका कृषि सुपरभाईजर, यामप्रसाद शर्माले गरेका थिए । सुपरभाईजर शर्माका अनुशार प्राचिन प्रविधिबाट खेती गर्दा देखिने समस्याहरुको बारेमा कसरी न्यूनिकरण गर्दे लैजाने र आधुनि फलफूल तथा तरकारी खेती गर्दा हुने फाईदाका कुराहरु सम्बन्धि सहजीकरण गरेका थिए ।
शुक्रबार देखि संचालन भएको तालिममा पहल परियोजना का विभिन्न कृषि समूहका महिला र पुरुष गरी ४५ जना कृषकहरु सहभागीता रहेको थियो ।



Milan Shrestha । २४ असार २०७५, आईतवार १४:५० बजे