
१० मंसीर, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतको यातायात क्षेत्रमा एउटा छुट्टै पहिचान बनाउन सफल देउती नागरिक यातायात प्रा.लि. सुर्खेतले सामाजिक सेवा तर्फपनि अग्रसर भएको छ ।
यही मंसीर १७ गते मनाइने २७औं विश्व अपाङ्ग दिवसलाई मध्यनजर गर्दै देउती नागरिक यातायातले शारिरीक अपाङ्गता भएकाहरुकालागि बैशाखी दिएको हो ।
देउती नागरिक यातायात प्रालिका अध्यक्ष कमल खड्का “जुनी”ले दृष्टिविहिन हेरविचार केन्द्र सुर्खेतका अध्यक्ष जीवनकुमार शाक्यलाई एक कार्यक्रममा १० थान बैशाखी हस्तान्तरण गर्नुभयो । बैशाखी हस्तान्तरण गर्दै अध्यक्ष खड्काले देउती नागरिक यातायातले सुर्खेत काठ्माडौं रुटमा अपाङ्गताभएका यात्रुलाई निशुल्क यात्रा गर्ने सुविधा पनि दिँदै आएको पनि जानकारी दिनुभयो ।
बैशाखी ग्रहण गर्दै दृष्टिविहिन हेरविचार केन्द्रका अध्यक्ष जीवनकुमार शाक्यले देउती नागरिक यातायातलाई धन्यावाद ज्ञापन गर्दै प्राप्त बैशाखीहरु रुकुमको आठवीसकोटका अपाङ्गता भएकाहरुलाई हस्तान्तरण गरिने बताउनुभयो ।
कार्यक्रममा देउती नागरिक यातायातका सचिव रमेश खड्काले देउती नागरिक यातायातले व्यावसाय मात्र नगरेर सामाजिक कार्यमा पनि सँधै अगाडी बढी रहने बताउनुभयो ।



Milan Shrestha । १० मंसिर २०७६, मंगलवार २२:०२ बजे