शिव महामहोत्सवमा दानकर्ताहरुको उत्साहजनक सहभागिता


१२ श्रावण शनिवार करिव ९ लाख दान संकलन

१२ श्रावण, सुर्खेत । वीरेन्द्रनगर ९ लाटिकोइली सुर्खेतमा जारी “शिवमहापुराण, श्रावण मेला लाटिकोली सुर्खेत धार्मिक शिव महामहोत्सव २०७५” मा करिव ९ लाख रुपैया दान संकलन भएको छ ।

महामहोत्सवमा वीरेन्द्रनगर ९ की भगवती मानन्धरले १ लाख ११ हजार १ सय ११, बालकुमारी जिसीले १ लाख १ हजार १ सय ११, गणेशबहादुर श्रेष्ठले १ लाख १ हजार १ सय ५१, विमलादेवी मानन्धरले १ लाख २५ हजार १ सय २५, चक्रबहादुर केसीले १ लाख ३ हजार ३ सय ३३ र लाटिकोइलीकै बालकृष्ण श्रेष्ठले ११ हजार १ सय ११ सहित करिव ९ लाख रुपैया दान संकलन भएको महामहोत्सव सचिवालयले जनाएको छ ।

आजपनि दानकर्ताहरुलाई लाटिकोइली बाजागाजा सहित परिक्रमा गराइएको महामहोत्सव आयोजक समितिका अध्यक्ष ध्रुव श्रेष्ठले बताउनुभयो ।

महामहोत्सव अवधिभर मस्ता प्रशोधित पिउनेका भगवानकुमार दाहाले १ हजार लिटर र लाटिकोइलीका स्थानीय व्यावसायी लवमान श्रेष्ठले अावश्यक पानी निशुल्क उपलब्ध गराइरहुनभएको महामहोत्सव सचिवालयले जनाएको छ ।