७ मन्त्रीद्वारा सामुहिक राजीनामा


५ पुस, काठमाडौं । संसद विघटन भएको केही समय भित्रै सरकारबाट सात जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् ।

सात मन्त्रीहरुले संसद विघटनको विरोध गर्दै राजीनामा दिनुभएको हो । राजीनामा दिने मन्त्रीहरुमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल निकट मन्त्रीहरुले राजीनामा दिएको बताइएको छ ।

राजीनामा दिनेहरुमा कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, खानेपानीमन्त्री विना मगर र श्रममन्त्री रामेश्वर राय यादव रहनुभएको छ ।