महाकाली किनारमा बिलाइन् निर्मला


दागबत्ती दिँदै बाबुले भने( ‘अपराधीलाई नछोड्नुस्)’

१४,साउन महेन्द्रनगर । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर उल्टाखामकी १३ वर्षिया निर्मला पन्तको सोमबार दाहसंस्कार भएको छ। आइतबार राति जिल्ला प्रहरी कार्यालयमा मृतकका परिवार र आफन्तले गरेको सहमतिअनुसार उनको हत्या भएको पाँचदिनपछि सोमबार दाहसंस्कार गरिएको हो।

सोमबार बिहान महाकाली आर्यघाटमा बुवा यज्ञराज पन्तले निर्मलालाई दागबत्ती दिए। उनले आफ्नी छोरीलाई बलात्कार गरी हत्या गर्नेलाई कडा सजायको माग गरे।

प्रहरीले घटनाको अनुसन्धान गर्न कुनै कसर बाँकी नराखी सत्यतथ्य रुपमा अनुसन्धान गर्ने र दोषीलाई हदैसम्मको सजाय गर्ने प्रतिबद्धता जनाएपछि मृतकका परिवार र आफन्त दाहसंस्कार गर्न तयार भएका हुन् ।
साभारः एचखबर ।