राहत वितरणमा विवाद हुँदा वडा कार्यालयमा तालाबन्दी


२६ बैशाख, कालिकोट । विश्वव्यापी तिब्रगतीमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) को महामारीले देश लकडाउनमा छ । यही अवस्थालाई मध्यनजर गर्दै स्थानीय तहहरुले आआफ्नो ठाँउमा राहत वितरण गर्दैआइरहेका छन् । यही राहतको वितरणको विषयमा कुरा नमिल्दा कालिकोटको महाबै गाँउपालिका वडा नं. ४ मा स्थानीय जनताले वडा कार्यालयमा तालाबन्दी गरेका छन् ।

२ सय ८० घरधुरी रहेको उक्त वडामा करि ४० घरधुरीले राहत पाउनुपर्ने देखिएकोमा जम्मा १२ घरधुरी मात्रलाई राहत वितरण गर्न लागिएपछि स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेको बताइएको छ ।