सुर्खेतमा उद्योगको संख्या बढ्यो, राजश्व घट्यो


सुर्खेत, २९ भदौ । प्रदेश नं. ६ को प्रस्तावित राजधानी वीरेन्द्रनगर सुर्खेतमा नयाँ संचालन गर्नको संख्या दिनप्रति दिन बढ्दै गएको छ । सुर्खेतमा संघीय संरचना प्रस्तावित प्रदेश बन्ने भएपछि सुर्खेतमा साना तथा मझौला उद्योग खोल्न संख्या थप हुँदै गएको हो ।

उद्योगहरु बढ्दै गएपनि राजश्व भने खस्किँदै गएको छ । जिल्लामा उद्योग गर्दा गर्ने संख्या धेरै देखिए पनि घरेलु तथा साना उद्योग विकास समितिले राजश्व भने त्यति उठाउन सकेको छैन ।

सुर्खेतममा करिव २ हजार २ सयको हाराहारीमा उद्योगहरु दर्ता भएको घरेलु सुर्खेतको रेकर्डमा छ । गएका दुई आर्थिक वर्षमा मात्र सुर्खेतमा ७ सय ६७ वटा नयाँ उद्योग दर्ता भएका छन् । आ.व. २०७१ मा ३७१ र आ.व. २०७२/०७३ मा ३९६ वटा उद्योगहरु घरेलु कार्यालयमा उद्योग दर्ता भएका हुन् । आर्थिक वर्ष २०७१/०७२ मा ४१९ वटा उद्योगहरुले घरेलुमा नविकरण गराएका छन्

। भने यस्तै आव २०७२/०७३ मा १७१ उद्योगले नविकरण गरेका छन् । सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचन भएकाले आ.व. २०७१/०७२ मा उद्योग दर्ता, नविकरण र राजश्व संकलनमा बृद्धि भएको जनाइएको छ । गत आर्थिक बर्षमा भने उद्योग दर्ता बढी भएपनि नविकरण संख्या भने न्यून देखिनुका साथै राजश्व संकलन न्यून देखिएको छ ।

त्यस्तै जिल्लामा वाणिज्यतर्फ करिव साढे सात हजार वाणिज्य व्यवसाय घरेलुमा दर्ता भएको जनाइएको छ । गएका दुई आर्थिक वर्ष अन्तरालमा वाणिज्यतर्फ १ हजार ३ सय ७० वटा व्यवसाय दर्ता भएको घरेलु तथा साना उद्योग विकास समितिले जनाएको छ । यो संख्या आर्थिक वर्ष २०७१/०७२ र आर्थिक वर्ष २०७२/०७३ मा घरेलुमा दर्ता हुन आएका हुन ।

आर्थिक वर्ष २०७१÷०७२ मा वाणिज्यतर्फ ६ सय २५ वटा नयाँ व्यवसाय दर्ता भएका थिए भने आव २०७२÷०७३ मा ७ सय ४५ वटा नयाँ व्यवसाय दर्ता भएको कार्यालयको रेर्कडमा उल्लेख छ ।

दुवै आर्थिक वर्षमा वाणिज्य तर्फका १ हजार ८ सय ७८ वटा उद्योगहरुले नविकरण गरेको गरका छन् । आर्थिक वर्षमा २०७१/०७२ मा १ हजार ३ र ३२ र आ.व. २०७२/०७३ मा ५ सय ४६ वटा व्यवसाय नविकरण भएको घरेलुका निर्देशक विनोद देव पन्तले जानकारी दिए ।

दुई वर्षको राजश्व संकलन

आर्थिक वर्ष २०७१/०७२ मा राजश्व बृद्धि भएपनि आर्थिक वर्ष २०७२/०७३ मा राजश्व भन्ने कम संकलन भएको छ । घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय सुर्खेतले आर्थिक वर्ष २०७१/०७२ मा १ करोड ५ लाख ७४ हजार ५ सय ७५ राजश्व संकलन गर्न सफल भएको थियो ।

आर्थिक वर्ष २०७२/०७३ मा कार्यालयले राजश्व कम संकलन भएको घरेलु तथा साना उद्योग विकास समितिका निर्देशक विनोददेव पन्तले बताए ।

उनका अनुसार आर्थिक वर्षमा २०७२/०७३ मा कार्यालयले ८४ लाख ९८ हजार तीन सय मात्र राजश्व उठेको छ । आर्थिक वर्ष २०७१/०७२ को तुलना आर्थिक वर्ष २०७२/०७३ मा २० लाख ७६ हजार २७५ कम राजश्व उठाएको कार्यालयमा रेकर्डमा उल्लेख छ ।

आर्थिक वर्ष २०७१/०७२ मा उद्योग वाणिज्य संघको निर्वाचनका कारणले गर्दा राजश्व बृद्धि भएको उनले जानकारी दिए । निर्वाचनका समयमा दर्ता भएर नविकरण नगरेका उद्योगहरुबाट जरिवाना सहित नविकरण शुल्क अशुल गर्दा राजश्व बृद्धि भएको उनले बताए ।

चालु आर्थिक वर्षमा २०७३/०७४ मा जिल्लामा उद्योग दर्ता संख्या थपिँदै गएको छ । चालु आर्थिक वर्षमा राजश्व संकलन बृद्धि हुनेछ । उनले चालु आर्थिक वर्षको महिनाकै अन्तरालमै ९६ वटा उद्योग दर्ता भई सकेको निर्देशक पन्तले जानकारी दिए ।

चालु आर्थिक वर्षकै दुई महिना अथात् भदौँ २७ गतेसम्म २८ लाख रुपैयाँ राजश्व उठाउन सफल भएको छ । भदौं मसान्तसम्म करिव ३० लाख राजश्व उठ्न सक्ने कार्यालयको अनुमान छ । दैनिक नयाँ उद्योगहरु दर्ता गरेपनि नविकरणमा त्यति चाँसो नदिने निर्देशक पन्तको भनाई छ ।

धमाधम उद्योग खारेज हुँदै  

सुर्खेतमा नयाँ उद्योग दर्ता भएसंगै उद्योग खारेज गर्न संख्या बढ्दै गएको छ । गएको दुई आर्थिक वर्षमा मात्र उद्योग तर्फ ४४ वटा उद्योग खारिज भएको निर्देशक पन्तले जानकारी दिए ।

जस मध्ये आर्थिक वर्ष २०७१/०७२ मा १८ वटा र आर्थिक २०७२/०७३ मा २६ ओटा उद्योग खारेज भएको छन् । आ.व. २०७२/०७३ मा करिव ५८ वटा उद्योग खारिज भएका छन् । त्यस्तै वाणिज्यतर्फ गएको दुई वर्षमा १ सय ५३ वटा उद्योगहरु खारेज भएको जनाइएको छ ।

साभारः अनलाइन सुर्खेत