सरकार बिरुद्ध कालीकोटमा उत्रियो कांग्रेस


साउन १५, कालीकोट ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंगलबार सरकारविरुद्ध कालीकोटमा पनि प्रर्दशन गरेको छ ।

नेकपा नेतृत्वको सरकारले अधिनायकताको बाटोमा अग्रसर भएको भन्दै कांग्रेसले कालीकोट जिल्लामा सरकारको बिरुद्धमा विरोध प्रदर्शन गरेको हो ।

शक्ति पृथकीकरणको सिद्धान्तको बिपरीत स्वतन्त्र न्यायालयप्रति आक्रामक रूपमा सरकार प्रस्तुत् भएकाले आन्दोलित हुनु परेको नेपाली कांग्रेस कालीकोटका सभापति हर्षबहादुर बमको भनाई छ ।

तत्कालीन सरकार लोकतान्त्रिक मूल्य मान्यता विपरितका क्रियाकलापहरु गरेकोले ति मूल्य मान्यताहरुको रक्षा गर्न कांग्रेस आन्दोलित हुनु परेको नेपाली कांग्रेस कालीकोटका सहसचिव दमनबहादुर शाहीले जानकारी दिनुभयो । नेपाली कांग्रेसले नारा सहतिको र्याली हुँदै कोणसभाको आयोजना गरी सरकारको क्रियाकलाप बिरुद्ध आक्रोश ब्यक्त गरीएको छ ।

नेपाली कांग्रेसले देशभर बिरोध प्रदर्शन गरेका खबरहरु प्राप्त भएकाछन् ।