दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु


कोहलपुर– पूर्व–पश्चिम राजमार्गको वनकटुवा–४ मा मोटरसाइकल र ट्रक आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।धनगडीबाट खाना पकाउने एलपी ग्यास लिएर सुर्खेत जाँदै गरेको लु १ ख ७२६३ नम्बरको ट्रक र कोहलपुरबाट वनकटुवातर्फ गइरहेको भे ५ प २०४९ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा वनकटुवा– ९ का ३९ बर्षीय मोहन केसीको मृत्यु भएको हो।अत्याधिक मदिरा सेवन गरि केसीले चलाएको मोटरसाईकल अनियन्त्रित भई ट्रक ठोकिँदा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनायो । सोमबार रात्री ११ बजे भएको दुर्घटनामा गम्भीर घाईते केसीको उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको कोहलपुर प्रहरीले जनायो। तीव्र गतिमा रहेको मोटरसाईकल अत्याधिक मदिरा सेवन गरेकै कारण ट्रकमा ठोकिएको प्रहरीले निष्कर्ष निकालेको छ। दुर्घटनापछि प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ।
साभारः नागरिक अनलाइन