आयो सबैभन्दा सस्तो आईफोन, के छ विशेषता ?


एप्पलले अहिलेसम्मको सबैभन्दा सस्तो आइफोन सार्वजनिक गरेको छ। यसको नाम ‘आईफोन 5 SE’ रहेको छ। यसको धेरैजसो विशेषता आईफोन सिक्स एसमा जस्तै रहेको छ। नेपालमा यसको मूल्य ५५ देखि ६५ हजार रुपैयाँको बीचमा पर्ने अनुमान छ।  नेपाल तथा भारतमा भने अप्रिलको पहिलो साता मोबाइल लञ्च हुने बताइएको छ। 
 
के छ सस्तो आईफोन एसईको विशेषता ? 
आईफोनमा १२ मेगापिक्सलको क्यामरा पछाडिपट्टी दिइएको छ भने अगाडिपट्टि १ दशमलव २ मेगापिक्सलको क्यामरा छ। ४ इन्चको डिस्प्ले रहेको छ। र्यामको क्षमता १ जिबी मात्रै छ।
 
यसको आन्तरिक क्षमता १६ वा ६४ जिबीसम्म बढाउन सकिन्छ। ६४ बिट ए ९ प्रोसेसर रहेको यस आईफोन आईओएस ९. ३ अपरेटिङ सिस्टममा चल्छ। डबल कोर प्रोसेसर रहेकाले १. ८४ गिगाहर्जको गति दिनेछ।
 
यो फोनको सिस्टमको एउटा राम्रो विशेषता भनेको यसले रातको समयमा आँखालाई गर्ने खराबी अन्य फोनको भन्दा ज्यादा न्यून हुनेछ। रातमा ‘ब्लू लाइट’ मोडमा फोन चलाउन सकिने हुँदा आँखामा पर्ने असर कम हुनेछ। १६ सय ४२ एमएएच पावरको ब्याट्री रहेको छ। 
 
यसको तौल ११३ ग्राम मात्रै रहेको छ। 
साभारः सेतोपाटी