
१७ भदौ । सुर्खेत । कम्प्युटर एशोसियन नेपाल महासंघ सुर्खेत शाखाको आज वीरेन्द्रनगरमा सम्पन्न पाँचौं साधारणसभा तथा चौथो अधिवेशनले प्रेमप्रकाश चन्दको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्य समिति चयन गरेको छ ।
अधिवेशनबाट कार्यसमितिको उपाध्यक्षमा दलबहादुर राना, सचिवमा तिलक आचार्य, सहसचिवमा निलिमा खत्री रावल र कोषाध्यक्षमा मदनकुमार लामिछाने सर्वसम्मत चयन भएका हुन् । त्यसैगरी सदस्यहरुमा भिम खत्री, जीवनकुमारी सिंजाली, सुशील श्रेष्ठ, लोकेन्द्र गिरी र प्रवाशकुमार शाक्य चयन भएका छन् ।
साधारणसभाको उद्घाटन गर्दै वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले अब अहिलेको सूचना प्रविधीको यूगमा हरेक नागरिकहरुमा सूचना र प्रविधिको पहुँच पुर्याउनुपर्ने बताउँदै यसका लागि क्यानको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।

संसारमा अहिले प्रविधिको प्रयोगले नै मानिसको जीवनयापनलाई परिवर्तित बनाउँदै लगेकोले प्रविधीको विस्तारकालागि वीरेन्द्रनगर नगरपालिकाका सबै वडाहरुमा ईन्टरनेटको पहुँच पु¥याउने योजना रहेको नगरप्रमुख सुबेदीले बताउनुभयो ।
सभामा क्यान महासंघका केन्द्रिय उपाध्यक्ष संजय थापाले क्यान महासंघले सरकारी निकायसँग समन्वय गर्दै सूचना र प्रविधिको विकास र विस्तारमा अघि बढी रहेको बताउँदै क्यानको सुर्खेत शाखाले अब प्रदेश नम्बर ६ को नेतृत्व गर्नुपर्ने समेत सुझाव दिनुभयो ।
सभामा क्यान महासंघ सुर्खेतका संस्थापक अध्यक्ष रामकिशोर रावललाई क्यान महासंघ सुर्खेतको शाखा विस्तार गर्नका लागि महत्वपुर्ण योगदान पु¥याएको भन्दै सम्मान गरिएको छ ।
कार्यक्रममा मध्यपश्चिमाञ्चल विश्वविद्यालय विज्ञान तथा प्रविधी संकायका डिन तथा निमित्त रजिष्ट्रार देवबहादुर खड्का, पत्रकार महासंघका अध्यक्ष गणेशकञ्चन भारती आ-आफ्नो मन्तब्य राख्नुभएको थियो ।
क्यान सुर्खेतका महासचिव लोकप्रसाद दाहालले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष प्रेमप्रकाश चन्दले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको सभाको क्यान सुर्खेतका अध्यक्ष पूर्णदेव अधिकारीको सभापतित्वमा सम्पन्न भएको हो ।



Prawash Kumar Shakya । १७ भाद्र २०७४, शनिबार १५:५२ बजे