
स्पेनको पर्यटकीय शहर बार्सिलोनामा हरेक बर्ष फेब्रुअरी महिनामा मोबाइलको बिश्व मेला लाग्ने गर्छ । ‘मोबाइल वल्र्ड कंग्रेस’ नाम दिइएको यही मेलामा हरेक बर्ष बिश्वका ठूला फोन निमार्ताहरुले आफ्ना नयाँ उत्पादन सार्वजनिक गर्छन् ।
बार्सिलोनामा हालै सकिएको मोबाइल वल्र्ड कंग्रेस-१६ मा पनि प्रायः सवै ठूला स्मार्टफोन उत्पादकहरुले आफ्नो नयाँ उत्पादन सार्वजनिक गरे ।
यहाँ सार्वजनिक भएकै फोनहरुले मोटामोटी यो बर्ष बिश्वको स्मार्टफोन बजारमा राज गर्छन् । एप्पलको आइफोनबाहेक प्रायः सवै ठूला फोन उत्पादकले यहाँ आफ्ना नविन उत्पादनहरु सार्वजनिक गरे ।
जसमा सामसुङ, एलजी, साओमी, हुवेइ, जेडटीइ, एचटीसी, पानासोनिक, एचपी, जियोनी र एसर लगायतले उत्पादन गरेका केही उत्पानहरुको हामी यहाँ चर्चा गर्दैछौं ।
सामसुङ एस ७ र एस ७ एज
सामसुङले ग्यालेक्सी सेरिजका नयाँ फोनहरु सार्वजनिक गरेको छ । ग्यालेक्सी एस ७ र ग्यालेक्सी एस ७ एज पि्रमियम फोनहरु सार्वजनिक भए । जसमा एस ६ र एस ६ एजमा भन्दा धेरै नयाँ सुविधाहरु उपलब्ध छन् ।
पानी नछिर्ने, स्त्रिmन लक भएका बेला पनि समय र मिति हेर्न मिल्ने, मेमोरी बढाउन सकिने एसडी कार्ड तथा ठूलो क्षमताका ब्याट्री सामसुङका नयाँ फोनका बिशेषता हुन् ।
एलजी, जी-५

जेड टी ई, एसप्रो प्लस

एचटीसी, डिजायर ५३० र डिजायर ६३०
मोवाईल वल्र्ड कंग्रेसमा अर्को मोवाईल कम्पनी एचटीसीले भने दुई स्मार्टफोनहरु सार्वजनिक गरेको छ । एचटीसीले आफ्ना नयाँ उत्पादनहरु डिजायर ५३० र डिजायर ६३० सार्वजनिक गरेको हो ।
पानासोनिक, टफप्याड एफ जेड-एफ वान र टफप्याड
एफजेड-एन वान
मोवाइल बल्र्ड कंग्रेसमा पानासोनिक कम्पनीले पनि दुई स्मार्टफोनहरु सार्वजनिक गरेको छ । पानासोनिकले टफप्याड एफ जेड-एफ वान र टफप्याड एफजेड-एन वान सार्वजनिक गरेको हो । जसमा विन्डोज टेन र एन्ड्रोइड ५.१ लोलीपप अपरेटिङ सिस्टम छ ।
हुवेइ, म्याटबुक
हुवेइले बार्सिलोना विश्व मोवाइल मेलामा म्याटबुक सार्वजनिक गरेको छ । विण्डोज १० सफ्टवेरमा मोवाइल र ल्यापटक दुवैको काम गर्नसक्ने गरि उत्पादन गरिएको हुवेइको यस मोडल ६ प्रकारको छ । जसको मूल्य ६९९ डलरदेखि १९९९ डलरसम्म पर्नेछ ।
एचपी, इलाईट एक्स थ्री
अर्को मोवाइल कम्पनी एचपीले बिश्व मोवाइल मेलामा पछिल्लो मोडलको स्मार्टफोन सार्वजनिक गरेको छ । विण्डोज १० सफ्टवेर रहेको इलाईट एक्स थ्री स्मार्टफोन सार्वजनिक गरको हो ।
जीयोनी, एस एट
चिनियाँ स्मार्टफोन कम्पनी जियोनीले बिश्व मोवाइल मेलामा एस एट स्मार्टफोन सार्वर्जनिक गरेको छ । एप्पलका उत्पादनमा प्रयोग भएकै प्रबिधिको थ्रीडी टचस्क्रीनको प्रयोग गरिएको छ । यसको मूल्य ४४९ युरो तथा ३४ हजार भारतीय रुपैयाँ पर्छ ।
एसर, लिक्विड जेड टू
चिनियाँ स्मार्टफोन कम्पनी एसरले पनि आफ्नो पछिल्लो उत्पादन इसर लिक्विड जेड टू विश्व मोवाइल मेलामा सार्वजनिक गरेको छ । तर कम्पनीले अहिलेसम्म यस मोडलको मूल्य र नयाँ फिचरबारे जानकारी गराएको छैन।
साभारः अनलाइनखबर
Milan Shrestha । १३ फाल्गुन २०७२, बिहीबार ०३:५७ बजे