स्पेनको पर्यटकीय शहर बार्सिलोनामा हरेक बर्ष फेब्रुअरी महिनामा मोबाइलको बिश्व मेला लाग्ने गर्छ । ‘मोबाइल वल्र्ड कंग्रेस’ नाम दिइएको यही मेलामा हरेक बर्ष बिश्वका ठूला फोन निमार्ताहरुले आफ्ना नयाँ उत्पादन सार्वजनिक गर्छन् ।
बार्सिलोनामा हालै सकिएको मोबाइल वल्र्ड कंग्रेस-१६ मा पनि प्रायः सवै ठूला स्मार्टफोन उत्पादकहरुले आफ्नो नयाँ उत्पादन सार्वजनिक गरे ।
यहाँ सार्वजनिक भएकै फोनहरुले मोटामोटी यो बर्ष बिश्वको स्मार्टफोन बजारमा राज गर्छन् । एप्पलको आइफोनबाहेक प्रायः सवै ठूला फोन उत्पादकले यहाँ आफ्ना नविन उत्पादनहरु सार्वजनिक गरे ।
जसमा सामसुङ, एलजी, साओमी, हुवेइ, जेडटीइ, एचटीसी, पानासोनिक, एचपी, जियोनी र एसर लगायतले उत्पादन गरेका केही उत्पानहरुको हामी यहाँ चर्चा गर्दैछौं ।
सामसुङ एस ७ र एस ७ एज
सामसुङले ग्यालेक्सी सेरिजका नयाँ फोनहरु सार्वजनिक गरेको छ । ग्यालेक्सी एस ७ र ग्यालेक्सी एस ७ एज पि्रमियम फोनहरु सार्वजनिक भए । जसमा एस ६ र एस ६ एजमा भन्दा धेरै नयाँ सुविधाहरु उपलब्ध छन् ।
पानी नछिर्ने, स्त्रिmन लक भएका बेला पनि समय र मिति हेर्न मिल्ने, मेमोरी बढाउन सकिने एसडी कार्ड तथा ठूलो क्षमताका ब्याट्री सामसुङका नयाँ फोनका बिशेषता हुन् ।
एलजी, जी-५
कोरियाली स्मार्टफोन उत्पादक एलजीले लोकपि्रय जी सेरिजको नयाँ भर्सन जी-५ सार्वजनिक गर्यो । एलजीले सार्वजनिक गरेको जिफाइभ स्मार्टफोन टुक्रा गाँसेर बनाइएको छ । यसको अर्थ के भने यसबाट ब्याट्री झिकेर त्यसमा एलजी क्याम प्लस, क्यामेरा गि्रप तथा सटर एसेसरिज राखेर प्रयोग गर्न पनि सकिन्छ ।जेड टी ई, एसप्रो प्लस
स्पेनको बार्सिलोनामा जारी मोवाईल वर्ल्ड कंग्रेस- २०१६ मा मोवाइल कम्पनी जेड टी ईले नयाँ मोडल सार्वजनिक गरेको छ । मेलामा जेडटीईले पोर्टेबल स्मार्ट प्रोजेक्टरसहितको एसप्रो प्लस सार्वजनिक गरेको हो । स्मार्ट प्रोजेक्टरले एस्टर्नल युएसवी क्यामरासँगको सहकार्यमा मल्टी पार्टी भिडियो कम्युनिकेसन गर्न सहयोग मिल्छ ।एचटीसी, डिजायर ५३० र डिजायर ६३०
मोवाईल वल्र्ड कंग्रेसमा अर्को मोवाईल कम्पनी एचटीसीले भने दुई स्मार्टफोनहरु सार्वजनिक गरेको छ । एचटीसीले आफ्ना नयाँ उत्पादनहरु डिजायर ५३० र डिजायर ६३० सार्वजनिक गरेको हो ।
पानासोनिक, टफप्याड एफ जेड-एफ वान र टफप्याड
एफजेड-एन वान
मोवाइल बल्र्ड कंग्रेसमा पानासोनिक कम्पनीले पनि दुई स्मार्टफोनहरु सार्वजनिक गरेको छ । पानासोनिकले टफप्याड एफ जेड-एफ वान र टफप्याड एफजेड-एन वान सार्वजनिक गरेको हो । जसमा विन्डोज टेन र एन्ड्रोइड ५.१ लोलीपप अपरेटिङ सिस्टम छ ।
हुवेइ, म्याटबुक
हुवेइले बार्सिलोना विश्व मोवाइल मेलामा म्याटबुक सार्वजनिक गरेको छ । विण्डोज १० सफ्टवेरमा मोवाइल र ल्यापटक दुवैको काम गर्नसक्ने गरि उत्पादन गरिएको हुवेइको यस मोडल ६ प्रकारको छ । जसको मूल्य ६९९ डलरदेखि १९९९ डलरसम्म पर्नेछ ।
एचपी, इलाईट एक्स थ्री
अर्को मोवाइल कम्पनी एचपीले बिश्व मोवाइल मेलामा पछिल्लो मोडलको स्मार्टफोन सार्वजनिक गरेको छ । विण्डोज १० सफ्टवेर रहेको इलाईट एक्स थ्री स्मार्टफोन सार्वजनिक गरको हो ।
जीयोनी, एस एट
चिनियाँ स्मार्टफोन कम्पनी जियोनीले बिश्व मोवाइल मेलामा एस एट स्मार्टफोन सार्वर्जनिक गरेको छ । एप्पलका उत्पादनमा प्रयोग भएकै प्रबिधिको थ्रीडी टचस्क्रीनको प्रयोग गरिएको छ । यसको मूल्य ४४९ युरो तथा ३४ हजार भारतीय रुपैयाँ पर्छ ।
एसर, लिक्विड जेड टू
चिनियाँ स्मार्टफोन कम्पनी एसरले पनि आफ्नो पछिल्लो उत्पादन इसर लिक्विड जेड टू विश्व मोवाइल मेलामा सार्वजनिक गरेको छ । तर कम्पनीले अहिलेसम्म यस मोडलको मूल्य र नयाँ फिचरबारे जानकारी गराएको छैन।
साभारः अनलाइनखबर









Milan Shrestha । १३ फाल्गुन २०७२, बिहीबार ०३:५७ बजे