बस र ट्रक ठोक्किदा दुर्घटना, ढिकमा अड्कियो बस


भाद्र ७, सुर्खेत ।

कर्णाली राजमार्ग अन्तरगत सुर्खेत जुम्ला सडक खण्ड अन्तरगत कालीकोटमा यात्रुबाहक केही मिनेट अघि बस दुर्घटना भएको छ । जुम्लाबाट सुर्खेतका लागि छुटेको चन्दननाथ यातायातको ना ६ ख २५३६ नम्बरको यात्रुबाहक बस र सुर्खेत देखि जुम्ला जाँदै गरेको मालबाहक ट्रक ठोक्किदा खाँडाचक्र नगरपालिका वडा नंम्बर ८ मा दुर्घटना भएको हो ।

प्रत्यक्षदर्शि स्थानिय चित्रसिंह गाउँलले दिएको जानकारी अनुसार यात्रुबाहक बस र ट्रकमा रहेका यात्रुहरु सकुसल रहेकाछन् भने बस सडकको ढिकमा अड्कीएको छ । तीला नदिमा खस्नबाट जोगीदा यात्रुहरु सकुसल रहेको जनाइएको छ । थप बिबरण भने आउन बाँकि छ ।