मिना आचार्य
०८ चैत्र सुर्खेत
वनमा अधारित उद्येमशिलता विकास सम्वन्धि २ दिने तालिम पुर्वि सुर्खेतको बोटेचौरमा सम्पन्न भएको छ । बहुसरोकारवाला वन कार्यक्रमको आर्थिक सहयोग तथा सुन्दर नेपाल सस्था हिमालयन वायोट्रेड लिमिटेडको आयोजनामा तालिम सम्पन्न भएको हो । जडिबुटी सामुदायिक वन उपभोक्ता समिति धारापानिका २५ जना सदस्य हरुको सहभागिता रहेको तालिममा व्यवसायिक योजना ,वजारिकरण ,जोखिम पहिचान ,व्यवसाय कसरी गर्ने ,व्यवसाय गर्दा आउने जोखिम, फाईदा, असल व्यवसायीमा हुनुपर्ने गुणहरु लगायतका विषयमा छलफल गरिएको थियो । निम्न आय भएका कृर्षकहरुलाई उद्येमशिलता वारे जानकारी गराई आय आर्जन वृद्धि गरि आत्म निर्भर वन्न सहयोग पुर्याउने उदेश्य ले तालिमको आयोना गरिएको सुन्दर नेपाल सस्थाका सामाजिक परिचालिका निमा गुरुङले जानकारी दिनुभयो । सुन्दर नेपाल सस्थाका उद्येमविकास सहजकर्ता लक्ष्मीप्रसाद लम्सालले तालिमको सहजिकरण गर्नुभएको हो ।



Milan Shrestha । ८ चैत्र २०७२, सोमबार १३:०० बजे