करेन्ट लागेर एकको ज्यान गयो


भाद्र २१, सुर्खेत ।

सुर्खेतमा ककरेन्ट लागेर बिहीबार बिहान एक जनाको ज्यान गएको छ । महोत्तरी जिल्ला रानीरजवारा गाउँपालिका ४ का रबिन्द्र ठाकुरको करेन्ट लागेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले दिएको जानकारी अनुसार वीरेन्द्रनगर–५ चिसापानीमा स्थानीय राजबहादुर गुरुङको घरमा विजुलीको काम गर्दै गर्दा ठाकुरलाई करेन्ट लागेको हो ।

करेन्टबाट घाइते भएका ठाकुरको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । सुर्खेतका डिएसपी श्यामसिंह चौधरीका अनुसार ११ बजेतिर करेन्ट लागेपछि ठाकुरलाई स्थानीय नर्सिङ होममा ल्याई उपचार गर्दै गर्दा उनको मृत्यु भएको हो ।