कर्णालीमा पहिलो चोटी कानुन विषय


२५ भाद्र, सुर्खेत । निजीस्तरबाट संचालित एड्भान्स बेटर इङ्गलिस मिडियम स्कुलले पहिलोचोटी कर्णाली प्रदेशमा कानुन बिषय भित्र्याएको छ ।

नेपालमा  प्रमाण पत्र तहकालागि कानुन बिषय आवश्यक नभएको भनी बन्द गराएको एक दशक पछी पुन पठन पाठनका लागी लागु गरिरहेको परिवेशमा कर्णाली प्रदेशमा  पहिलोचोटी एड्भान्स बेटर इङ्गलीस मिडिएम स्कुलले कानुन बिषयको अध्ययन अध्यापन यही शैक्षिक सत्र देखी लागु गरेको छ ।

संसारमै कमन ल पुजीवादी हरुले मात्रै प्रयोग गर्ने जस्मा हुने खानेहरुले कानुन र कानुनी निकायहरुलाई किनबेच गर्न सक्ने भइरहेकोबेला समाजवादी कानुन प्रणाली लागु नगरेसम्म गरिव निमुखा दिन दुखीहरुले कानुनी राज्यको महशुस गर्न नसक्ने भएकाले पनी नेपालमा यो शिक्षालाइ सैदान्तिक रुपमा मात्रै लागु भईरहेको र यसलाइ व्यवहारमा लागु गर्नुपर्ने अावश्यकता भएकाले हुनाले  प्रमाणपत्र तहमा लागु गरीएको संस्थाका प्रिन्सिपल कमल कुमार सिंहले बताउनु भएको छ ।