जीप दुर्घटना हुँदा एकको ज्यान गयो


भाद्र २५,सल्यान ।

सल्यानमा भएको जीप दुर्घटनामा परि एक महिलाको ज्यान गएको छ । जिल्लाको शारदानगरपालिका १३ अत्तरकाडामा भएको जीप दुर्घटनामा परि एक महिलाको निधन भएको छ भने दुई जना घाइते भएका छन् ।

श्रीनगर तर्फ आउँदै गरेको लु १ ज ५६६४ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी विरेन्द्रबहादुर शाहीले जानकारि दिनुभएको छ । दुर्घटना बारे थप जानकारि आउन अझै बाँकी छ ।