१६ वर्षपछि ‘दर्पण छाँया’को सिक्वेल बन्दै


downloadकाठमाडौं – निर्देशक तुलसी घिमिरेको फिल्म ‘दर्पण छाँया’को सिक्वेल ‘दर्पण छाँया २’ बन्ने भएको छ। सोमबार राजधानीमा आयोजित कार्यक्रममा ‘दर्पण छाँया २’ फिल्मको पहिलो दृश्य खिच्दै सुटिङ थालनी गरियो। कार्यक्रममा निर्देशक तुलसी घिमिरेले निर्देशन गर्न लागेको ‘दर्पण छाँया २’ बारे जानकारी गराए।
‘१६ वर्षअघि निर्देशन गरेको ‘दर्पण छाँया’को सिक्वेल भन्न मिल्दैन्,’दर्पण छाँया २’ । यसमा संगीतको दर्पणलाई पच्छाएका स्रष्टाको छाँयामाथि फिल्म बन्न लागेको हो,’निर्देशक तुलसीले भने,’ ‘दर्पण छाँया’का कलाकारहर दीलिप रायमाझी र उत्तम प्रधानलाई एउटा भावुक दृश्यमा समेट्ने सोचले फिल्म लेखेको थिए। वास्तविकतामा त्यो कुरा सम्भव भएन।’ उनका अनुसार ‘दर्पण छाँया २’मा पुराना ‘दर्पण छाँया’ का कलाकारहरु हुने छैनन्।

फिल्मलाई शिव ढकाल र रामेश्वर कार्कीले खिच्दैछन्। संगीतकार रनजीत गजमेर र चन्दन लोम्जेलले फिल्ममा संगीत दिएका छन्। त्यस्तै राजेशपायल राई, शिव परियार, मेलिना राई र अशोक धमालाको स्वरमा रहेको गीतहरु फिल्ममा समेटिएका छन्। फिल्मलाई साबु गवाल कार्की र रवि कार्कीले निर्माण गर्न लागेका हुन्। फिल्मको सुटिङ नेपालका विभिन्न रमणीय स्थान, सिक्किम र थाइल्यान्डमा हुँदैछ।

संगीतमा लागेका स्रष्टाको कथामाथि निर्माण हुन लागेको ‘दर्पण छाँया २’लाई सहारा फिल्म प्रोडक्सनको ब्यानरले निर्माण गर्दैछ। विभिन्न म्युजिक भिडियोमा देखिसकेका मोडल पुष्प खड्का, सहारा कार्की, सरोज खनाल, बिएन राणा, शेरबहादुर, सुमन घिमिरे र फिरोज तिमिल्सिना लगायतले अभिनय गर्दैछन्।

साभारः नागरिक अनलाइन