‘चटपट टि’ बाट उठेको रकम अतिविपन्न बालबालिकामा खर्च


१० बैशाख, सुर्खेत । अतिविपन्न बालवालिकाहरुलाई आज (मंगलवार) शैक्षिक सामाग्री वितरण गरिएको छ ।

वीरेन्द्रनगर स्थित महिला प्रशिक्षण केन्द्रमा विगत ४ बर्षदेखी पालामुनि बस्दै आएका बाढीपीडित बालवालिकालाई शैक्षिक साम्रगी संगै खेलकुदका सामाग्री समेत वितरण गरिएको छ । मध्यपश्चिम विश्वविद्यालयको मानविकी तथा समाजशास्त्र संकाय अन्तरगत सामाजिक कार्य विषयमा स्नातक र स्नाकोत्तर तहमा अध्यनरत विद्याथीहरुको आयोजना तथा विगतदेखि महिला बालवालिकाको क्षेत्रमा काम गर्ने आईडिया नेपालको सहकार्य तथा सहजीकरणमा मंगलवार ३५ जना विपन्न बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको आईडिया नेपालका अध्यक्ष रचना सुनारले जानकारी दिनुभयो ।

गत चैत्र २१ र २२ गते विपन्न बालबालिकाहरुलाई राहत स्वरुप सामाग्री उपलब्ध गराउन वीरेन्द्रनगरका २ स्थानमा ‘चटपट टि’ च्यारेटी शो मार्फत संकलित २२ हजार रकमबाट बालबालिकालाई कापि , कलम, पेन्सिल, कटर, खेलकुद सामाग्रीमा भलिवल, फुटबल ,जम्प डोरी लगायतका सामाग्री वितरण गरिएको अध्यक्ष सुनारले बताउनुभयो ।