
मिलन श्रेष्ठ
सुर्खेत,१ असोज । बिगत केहि समय यता कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बस्ती बढ्नुका साथै निर्माण कार्यले पनि तिब्रता लिईरहेको छ । अन्य जिल्लाबाट सुर्खेतमा बस्ती आनुका साथै घर निर्माण कार्यहरुको बृद्ध संगै सोमबार सप्लायर्स संचालनमा आएको छ ।
वीरेन्द्रनगर नगरपालिका वडा नंं०९ मिलनटोलमा सोमबार करिब १ करोड ५० लाखको लगानिमा सिमेन्ट, सरिया र सहितको हाम्रो सप्लायर्स बिधिवत रुपमा संचालनमा आएको छ ।

हाम्रो सप्लायर्सकी संचालक सुशीला राणाका अनुशार आफुहरुले हाम्रो निर्माण सेवा अन्तर्गत विभिन्न निर्माण कार्यहरु गर्दे आईरहेको हुदा आफ्नो निर्माण कार्यलाई सहज बनाउनुका लागि पनि सप्लायर्स संचालन गरेका हौ । राणले थप्नु भयो हामी ग्राहकहरुको सेवा–सुविधालार्य ध्यानमा राखि सप्लायर्स संचालन गरेता पनि आफुले राजधानि बाहिर, दैलेख, कालीकोट, जुम्ला लगाएतको बजारलाई लक्षित गरेका छौ, उक्त क्षेत्रमा सप्लायर्स अन्र्गत जगदम्बा, अर्घाखाची, रिलायन्स लगाएतका कम्पनीहरुको सप्लायर्स गर्ने बताउनु भयो ।
हाम्रो निर्माण सेवाले गुर्भाकोट नगरपालिकको बोटेचौरमा पेटोल पम्प संचालन गरिरहेको छ ।



Milan Shrestha । १ आश्विन २०७५, सोमबार २२:३१ बजे