५ असोज ,काठमाडौ
नेपाल कम्यूनिष्ट पार्टी ले प्रदेश स्तरीय कमिटी गठन गरेको छ ।
शुक्रवार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसी प्रदेश स्तरीय चारवटा पद टुङ्गो लगाएको छ, जस्मा इन्चार्ज, सह इन्चार्ज, अध्यक्ष र सिचव रहेको छ।
प्रदेश कमिटीलाइ पुर्णता दिने र तलला कमिटीको एकतालाइ पुर्णता दिने जिम्मेवारी यीनै चार जनाको रहेको नेकपाका सचिवालय सदस्यसमेत रहेका उप प्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले जानकारी दिनुभएको छ ।
दुइ राजनीतिक दलहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिच जेठ ३ गते एकता भइ नेकपा भएकोहो ।
अहिले सम्म तल्ला कमितटी र भातृ संगठनहरु एकता भइ नसकेको र हुने चरणमा रहेको छ भने आज बसेको बैठकले नियुक्तगरेका प्रदेशका चार नेताहरूको नाम यसप्रकार रहेको छ:
प्रदेश १
इन्चार्ज- भीमप्रसाद आचार्य, सहइन्चार्ज- सावित्री काफ्ले, अध्यक्ष- देवराज घिमिरे, सचिव- सुरेशकुमार राई
प्रदेश २
इन्चार्ज- सत्यनारायण मण्डल, सहइन्चार्ज- विश्वनाथ साह, अध्यक्ष- प्रभु शाह, सचिव- सुमनराज प्याकुरेल
प्रदेश ३
इन्चार्ज- अष्टलक्ष्मी शाक्य, सहइन्चार्ज- हितबहादुर तामाङ, अध्यक्ष- नारायण दाहाल, सचिव- आनन्द पोखरेल
गण्डकी प्रदेश
इन्चार्ज- पृथ्वीसुब्बा गुरुङ, सहइन्चार्ज- खगराज अधिकारी, अध्यक्ष- हितराज पाण्डे, सचिव- गोविन्द नेपाली
प्रदेश ५
इन्चार्ज- शंकर पोखरेल, सहइन्चार्ज- दलबहादुर राना मगर, अध्यक्ष- ओनसरी घर्ती, सचिव- जगप्रसाद शर्मा
कर्णाली प्रदेश
इन्चार्ज- जनार्दन शर्मा, सहइन्चार्ज- यमलाल कँडेल, अध्यक्ष- गोरख बोगटी, सचिव- मायाप्रसाद शर्मा
प्रदेश ७
इन्चार्ज- भीम रावल, सहइन्चार्ज- लक्ष्मीदत्त जोशी, अध्यक्ष- कर्ण थापा, सचिव- सिंहराज चौधरी (नेपबहादुर)



Milan Shrestha । ५ आश्विन २०७५, शुक्रबार १४:३८ बजे