२७ मंसिर, सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नम्वर ५ का २ सय जना जेष्ठ नागरिक सम्मानित भएका छन् ।
वडा भित्र रहेका जेष्ठ नागरिकहरुलाई शुक्रवार एक कार्यक्रमको आयोजना गरि वडा नम्वर पाँचको कार्यालयले सम्मान गरेको हो ।
७० वर्ष उमेर पुगेका १ सय ४० र ६० वर्षका ६१ जना दलित जेष्ठ नागरिकहरुलाई चिसो मौसम सुरु भएसंगै न्यानो कपडा वितरण गरिएको वडा नम्वर पाँचका वडा सचिव दिनेश सापकोटाले बताउनुभयो । जेष्ठ नागरिकको स्वास्थ्यमा ध्यान दिदैँ एक एउक थान बल्याङकेट वितरण गरिएको सापकोटाले जानकारी दिनुभयो ।
सम्मान कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका वडा नम्वर ५ का वडा अध्यक्ष राजबहादुर गुरुङ्गले जेष्ठ नागरिकहरुकालागि आगामी वर्ष पनी विषेश कार्यक्रम संचालन गर्ने बताउनुभयो । उहाँले भन्नुभयो । ज्येष्ठ नागरिकहरुलाई सम्मान कदर गर्न र मनोबल उच्च राख्न सम्मान गरिएको हो ।
Milan Shrestha । २७ मंसिर २०७६, शुक्रबार २०:४६ बजे