२२ पौष । सुर्खेत । सामाजिक सञ्जाल फेसबुकमा रहेको ग्रुप ” MENS ROOM” (Reloaded) MRR ले सुर्खेतको वीरेन्द्रनगरमा रक्तदान तथा निशुल्क रक्त समूह परिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
लायन्स क्लब सुर्खेत बुलबुलेका अध्यक्ष भद्र भण्डारीले MRR ग्रुपले सह्रानीय कार्य गरेकोमा खुशी ब्यक्त गर्दै सम्पूर्ण युवाहरुलाई सकारात्मक कार्यमा लाग्नु पर्नेमा जोड दिए ।
त्यस्तै कार्यक्रममा नेपाल औषधि वयवसायी संघ सुर्खेतका अध्यक्ष प्रेम भण्डारीले कस्तो समयमा कस्ता ब्यक्तिहरुले रक्तदान गर्न सक्छन् भन्ने बारेमा प्रप्ट पार्दै आफ्नो व्यावसायिक संस्था सुपथ मेडिकलमा अब देखि MRRबाट आउने जो कोहीको रक्त समूह निशुल्क परिक्षण गरिने बताए ।
कार्यक्रमका प्रमुख अतिथी (सुर्खेतमा सर्वाधिक५८औं पटक रक्तदान गर्ने) प्रवाशकुमार शाक्यले रक्तदान गर्दाका तितामिठा अनुभव सुनाएर सम्पूर्ण युवाहरुलाई रक्तदान गर्न अभिप्रेरित गरेका थिए ।
कार्यक्रममा २५ पिन्ट रगत संकलन भएको थियो भने ५० जनाले रक्त समूह परिक्षण गराएका थिए ।
पुनम फाउण्डेसन सुर्खेत संगको सहकार्यमा सह आयोजकमा सुपथ मेडिकल हल, देउती डेण्टल केयर होम, मध्यपश्चिम डेण्टल केयर होम, रोयल कलेक्शन, तथा आषिश वस्त्रालय रहेको थियो ।
MRR का सदसय नवराज खरेको सभापतित्वमा भएको कार्यक्रममा तिलक पौडेलले स्वागत मन्तब्य राखेका थिए ।
कार्यक्रम MRRका युवा सागर लम्सालले कार्यक्रमको संचालन गरेका थिए।



Prawash Kumar Shakya । २२ पुष २०७४, शनिबार ०८:३० बजे