
भावना हमाल ।
२६ भदौ, दैलेख । जिल्ला प्रहरी कार्यालय दैलेखद्धारा सञ्चालित सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत(आज) नारायण नगरपालिकाको वडा नम्बर १ क्षेत्रमा रहेको हरियो गाजाँ नष्ट गरिएको छ ।
जिल्ला सदरमुकामको पुरानो बजार स्थित पुरानो कारागार नजिक बेवारिसे अवस्थामा मौलाएको गाजाँ नष्ट गरिएको दैलेख प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यलय दैलेख, जिल्ला प्रशासन कार्यालय , नारायण नगरपालिकाको वडा नम्बर १ को कार्यालय र शसस्त्र प्रहरीको संयुक्त टोलीद्धारा स्थानिय बासिन्दा र अन्य सरोकारवालाहरुको रोहवरमा गाजाँ नष्ट गरिएको प्रहरी निरिक्षक उपेन्द्र प्रसाद आचार्यले बताउनु भयो ।

प्रहरी निरिक्षक आचार्यका अनुशार जिल्लाका अन्य बिभिन्न क्षेत्रहरुका पनि हरियोँ गाजाँ मौलाएको हुदा यसलाई नष्ट गर्नका लागी सरोकारवाला तथा स्थानिय बासिन्दाहरुको सक्रियता बृद्धि गर्नुपर्नेमा जोड दिनुभएको थियो । गाजाँ सेवनका कारण युवा पुस्तामा नराम्रो कुलतको लत मौलाएको भन्दै यस तर्फ सबै सचेत हुनुपर्नेमा सो क्रियाकलापमा सहभागि सरोकारवालाहरुले जोड दिएका थिए ।
कार्यक्रममा बोल्दै शसस्त्र प्रहरीका निरिक्षक ईन्द्र बहादुर क्षेत्रीले सुरक्षा निकायले मात्रै नभएर स्थानिय बासिन्दाहरु स्वयमले पनि सक्रियता जनाउनुपर्ने बताउनुभएको थियो ।



Milan Shrestha । २६ भाद्र २०७६, बिहीबार १७:२२ बजे