सञ्चारकर्मी कोरोना मुक्त नभएसम्म सिंगो राजनिति र मुलुक मुक्त हुन नसक्नेः मन्त्री रावल (भिडियो सहित)


३१ बैशाख, सुर्खेत । कर्णाली प्रदेशमा कार्यरत पत्रकारहरुको आजदेखि कोरोना भाइरसक परिक्षणकालागि स्वाब संकलन शुरु गरिएको छ ।

समाजिक विकास मन्त्रालयको समन्वयमा जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले पत्रकारहरुको नोइज्नल स्वाब संकलन गरेको हो । प्रदेश राजधानी वीरेन्द्रनगरमा कार्यरत पत्रकारहरुको नोजल स्वाब संकलन गरि प्रदेशका पत्रकारहरुको स्वाब संकलन कार्य शुरु गरिएको प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले बताउनुभयो ।

सञ्चारकर्मी कोरोना मुक्त नभएसम्म सिंगो राजनिति सिंगो मुलुक मुक्त हुन नसक्ने भएकोले आँकलन भएर प्रदेश भरिका पत्रकारहरुको स्वाब संकलन गर्ने कार्य अनुरुप आज प्रदेश राजधानीबाट शुरु गरिएको मन्त्री रावलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “हामीले कोरोना भाइरसक रोकथाम र नियन्त्रणको अग्रपंतिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुको पनि परिक्षणकालागि स्वाब संकलन गर्छौ”

नेपाल पत्रकार महासंघ शाखा सुर्खेतले पत्रकारहरु समाचार संकलनको क्रममा फिल्डमा खटिने भएकोले कोरोना परीक्षण गरिदिन मन्त्रालयसँग अनुरोध गरे अनुरुप आज वीरेन्द्रनगरका ४३ जना पत्रकारहरुको स्वाब संकलन गरिएको जनस्वास्थ्य सेवा कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत चेतननिधि वाग्लेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “संकलित स्वाबहरु वीरेन्द्रनगरस्थित पशु प्रयोगशालाको भवनमा रहेको कोरोना प्रयोगशालामा परीक्षण गरिने . संकलित स्वाबको रिपोर्ट आज साँझसम्म आइपुग्नेछ भने बाँकी छुटेका पत्रकारहरुको पनि स्वाब संकलन गरेर परीक्षण गरिनेछ ।’