सरसफाईमा वडा अध्यक्ष


a६ असार । सुर्खेतको वीरेन्द्रनगरलाई स्वच्छ र हराभरा बनाउने अभियानकालागि आज वडा न‌ं. ९ को मुख्य प्रवेश द्वार मंगलगढी चाेकबाट काँक्रेविहार जाने बाटोको बायाँ तर्फ रहेको फोहरलाई हटाईएको छ ।

19399060_1929893390613482_4093256270288572995_n (1)विगत केही बर्षबाट फोहरले दुर्गन्धित रहेको सो क्षेत्र वडा नं.९का वडा अध्यक्ष सुरेश मानन्धरको अगुवाईमा सरसफाई गरिएको हो ।

b

आफ्नो वडा नगरमा नै ऐतिहासिक वडा भएकोले काँक्रेविहार तथा शिव मन्दिरको प्रवेश द्वार मंगलगढीमा थुप्रिएको फोहरलाई नमो बुद्ध सप्लायर्स एण्ड कन्ट्रक्सन प्रा.लि. र बौद्ध ग्रामिण बहुउद्देश्यीय सहकारी संस्था लि. सहयोगमा फोहर सफा गरिएको अध्यक्ष मानन्धरले बताउनुभयो ।

त्यस्तै अध्यक्ष मानन्धरले सडक मापदण्ड २५ मिटर भित्र रहेका फुटपाथ हटाइएको र २५ मिटर भित्र पहिला बनिसकेका घरटहराहरुलाई पनि सुधार गरि सभ्य नागरिकको परिचय दिन सम्पूर्ण वडाबासीहरुलाई अनुरोध गर्नुभयो ।

त्यसैगरि नमो बुद्ध सप्लायर्स एण्ड कन्ट्रक्सन प्रा.लि.का पञ्चसिंह रोकायले आफ्नो कार्य क्षेत्रमा वडा तथा टोलबासीहरुको सहयोगमा सरसफाई गर्ने बताउनुभयो ।