
१७ कार्तिक, सुर्खेत । चाडबाड भैं रहेको वेला मठमन्दिरमा भक्तजनहरुको अत्याधिकचापले मठमन्दिरमा हुने फोहोरलाई ध्यानमा राख्दै मिठो सिकाई फाउण्डेसनले आज कर्णाली प्रदेशको राजधानीमा शक्तिकि देवी गंगामाला देउती बज्यै मन्दिर प्रांगण सरसफाई गरेको छ ।
फाउडेण्सनका अध्यक्ष रितेश बस्नेतका अनुसार मिठो सिकाईले विषेशत असहाय असक्त बालबालिका एवं बृद्धहरुको क्षेत्रमा काम गर्दै आइरहेतापनि समयसाक्षेप अन्य क्षेत्रमा काम गरिरहेको बताउनुभयो ।
“चाडबाडमा मठमन्दिरमा भक्तजनहरुको चाप बढी भएर हुने फोहोरहरुलाई हामी सफा गरेर जनचेतना जगाउने प्रयास गरेको हौं” अध्यक्ष बस्नेतले भन्नुभयो ।
कार्यक्रममा सिस्टर हुड नेपाल तथा मिठो सिकाई फाउण्डेसनका सदस्यहरुको उपस्थिति रहेको थियो ।
Milan Shrestha । १७ कार्तिक २०७५, शनिबार १०:३८ बजे