कार्यक्रम “जनताका कुरा” शुरु


१६ श्रावण, सुर्खेत । त्रिरत्ना मिडिया प्रा.लि.ले “जनताका कुरा” नामक कार्यक्रम शुरु गरेको छ ।

कर्णाली प्रदेशका दुरदराजमा रहेका जनताका कुराहरुलाई सरोकारवाला निकाय सम्म पुर्याउन एवं उनीहरुले गरेका कामहरुको जानकारी जनता सम्म पुर्याउनकालागि जनताका कुरा कार्यक्रम शुरु गरिएको त्रिरत्ना मिडियाका अध्यक्ष एवं कार्यक्रम प्रस्तोता अशोककुमारले बताउनुभयो ।

यो कार्यक्रमलाई हामी कर्णाली प्रदेशका १० जिल्लामा रहेका विभिन्न सामुदायिक रेडियोहरुको सहकार्यमा रेडियोमा पनि सुन्न सक्ने व्यवस्थामा लागेको र अहिले त्रिरत्ना मिडियाको अनलाइन र यूट्युव च्यानल बाट हेर्न सकिने मिडियाका प्रवन्ध निर्देशक प्रवाशकुमार शाक्यले बताउनुभयो ।