
मिलन श्रेष्ठ
कात्र्तिक २७,सुर्खेत । सुर्खेत जिल्ला स्थीत विभिन्न लायन्स क्लबहरुको आयोजनामा मंगलबार(आज) १ दिने तनाव व्यवस्थापन तालिम वीरेन्द्रनगरमा सम्पन्न भएको छ । जिल्ला स्थीत विभिन्न ११ वटा लायन्स क्लबहरु लायन्स क्लब अफ सुर्खेत, लायन्स क्लब अफ सुर्खेत बुलबुले, लायन्स क्लब अफ सुर्खेत भ्याली, लायन्स क्लब अफ सुर्खेत काक्रेबिहार, लायन्स क्लब अफ सुर्खेत मध्यपश्चिम, लायन्स क्लब अफ सुर्खेत वीरेन्द्रनगर, लायन्स क्लब अफ सुर्खेत भैरवस्थान, लायन्स क्लब अफ सुर्खेत शिबबिहार, लायन्स क्लब अफ सुर्खेत सिद्धपाईला, लायन्स क्लब अफ सुर्खेत कर्णाली र लायन्स क्लब सिटिको संयुक्त आयोजनामा उक्त तालिम सम्पन्न भएको हो ।

जसरी बिगत लामो समय देखि जिल्लामा लायन्स क्लबहरु गठन भए पश्चात लायन्स क्लबहरुले शिक्षा, स्वास्थ्य, बाल–बालिका, बृद्ध–बृद्धा लगाएत विभिन्न समाजिक क्षेत्रहरुमा कार्य गर्दे आईरहेता पनि बिशुद्ध सामाजिक कार्यहरु गर्ने लायन्सका लिडरहरुको व्यस्थता र समय व्यवस्थापन गर्ने नसकेको कारण हुने गरेका तनावहरुलाई व्यवस्थापन गर्न उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा, कार्यक्रमका केन्द्र बिन्दु एवंम् वक्ता आचार्य स्वामी श्री पथिक प्रखर वक्ताले प्रवचन कार्यक्रममका बोल्दै मानिसको जीवनमा दुई प्रकारका सकरात्मक तनाव र नकरात्मक तानव हुने गरेको र सबैमा सधै तनावहरु भईरहने र आईरहने र उक्त तनावहरुलाई यदि सहि पहिचान गर्न नसकेमा जीवनमा धेरै संकट परेको महशुश हुने भएको हुदा त्यस्तो खालको तनावलाई कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा केहि उपायहरु बताउनु भएको थियो ।

आचार्यका भन्नु भयो, हामीले कुनै पनि बोट–बिरुवा रोपेर उक्त बिरुवाको जरामा पानी हाल्नुको साटो पातपानी हाल्दा जसरी उक्त बिरुवा प्रति लिएको अपेक्षा प्राप्त हुदैन सोहि गरी हाम्रो देब्रे दिमागमा हुने गरेका तनावलाई मात्र एक बित्ताको फरक रहेको दाहिने दिमाग सम्म लगेर कसरी व्यवस्थापन गर्ने भन्ने बाटो पत्ता लगाउन नसक्दा धेरै दुख भोग्ने पर्ने हुन्छ ।
जिएसटी एमजेएफ लायन्स धनबहादुर रावतको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि डिस्ट्कि एडभाईजर एमजेएफ लायन्स टिकाराम चपाई, बिशेष अतिथि एमजेएफ लायन्स बिजय पराजुली, बिशेष अतिथि एओजी लायन्स कमल नेपाल, अतिथिहरु पथिक फाउन्डेसन का कार्यक्रम संयोजक आचार्य टोपेन्द्र खनाल, कार्यक्रम सहजकर्ता दीपा लगेजु(दीपिका) र जोन चियर पर्सन लायन्स बिन्दुको सहभागीता रहेको थियो ।

यसै गरी कार्यक्रममा लायन्स, गैर लायन्स गरी करिब ७० जनाको उपस्थित रहेको थियो , लायन्स क्लब अफ सुर्खेत काक्रेबिहारकी लायन्स सारदा शेर्पाले स्वागत मन्तव्य सहित कार्यक्रमका सहभागीहरुलाई स्वागत गर्नु भएको थियो भने उद्घाटन कार्यक्रमको सहजीकरण एमजेएफ लायन्स किशोर रेग्मीले गर्नुभएको थियो,लायन्स क्लब अफ वीरेन्द्रनगर सुर्खेतका अध्यक्ष लायन्स बिनुसि भास्करले धन्यवाद मन्तव्य व्यक्त गर्नु भएको थियो । ।



Milan Shrestha । २७ कार्तिक २०७५, मंगलवार २२:०० बजे