
२८ चैत्र, सुर्खेत । बालबालिकाहरुमा नराम्रो असर परेको उजुरीहरु आएपछि नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सिआइवी)को आग्रहमा दुरसञ्चार प्राधिकरणले अहिलेको चर्चित मोबाइल गेम पब्जी माथि प्रतिवन्ध लगाउने निर्णय गरेको छ ।
पबजी गेम अहिलेका बालबालिका तथा किशोरहरूका लागि लत नै बनी सकेको छ । यो खेल नेपालमा मात्र नभएर संसारभरी नै अहिले चर्चित छ । यो पब्जीलाई केही दिन अगाडी भारतको मद्रासमा समेत एक बालकले आफ्नी आमा मार्फत बन्द गर्नुपर्छ भन्दै मुद्दा दर्ता गरेका थिए ।
यो गेममा रणभूमिमा सबैलाई परास्त पार्दै अन्तिमसम्म टिक्ने प्रतियोगी विजेता हुन्छ । इन्टरनेटको माध्यमद्वारा खेली यो गेम खेल्नेहरुको मस्तिकमा नकारात्मक असर परिरहेको एक अध्ययनले देखाएको छ । यो खेल खेल्नेहरुमा प्राय गरेर मानसिक रोगको समस्या देखा पर्न थालेको छ ।
यो खेलमा मारकाट मात्र हुने गरेकोले मानिसमा हिंसात्मक भावनाको विकास भैरहेको अध्ययनले जनाएको छ ।
संघीय सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले पब्जी खेलका कारण आत्महत्यासम्मको घटना हुन थालेपछि प्रतिबन्ध लगाउन निर्देशन दिएको बताउनुभएको छ ।



Milan Shrestha । २८ चैत्र २०७५, बिहीबार १७:४५ बजे