महासंघले बुझाएकाे पत्रकाे पूर्ण अंश यस्ताे छ । केही दिन पहिला “ एपी वान ” टेलिभिजनको तमसोमा ज्योतिर्गमय ‘ स्तम्भका कार्यक्रम प्रस्तोता टीकाराम यात्रीले बौद्ध धर्मसंग सम्बन्धित काठमाण्डौ उपत्यकामा रहेका गुम्बाहरूलाई लक्षित गरी अनर्गल , कपोलकल्पित समाचार प्रचार गर्ने उद्देश्यले बौद्ध धर्मको आस्थाको केन्द्र बौद्ध गुम्बाहरूमाथि आक्रमण गरेकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
बौद्ध धर्म विश्व शान्तिको प्रतिक हो भन्ने कुरा सर्वविधितै छ । विश्व इतिहासमै बौद्ध गुम्बा र विहारहरू प्राणी जगतको हित तथा विश्व शान्तिको सन्देश फैलाउने विश्व विद्यालयहरू हुन । विश्व इतिहासमा बौद्ध गुम्बाहरूले जगत हित गर्ने शिक्षा बाहेक कुनै पनि मूलकको हित कार्य विपरित कार्य गरेको कहि कतै देखिएको थिएन र अवगतमा पनि छैन । त्यस्तै नेपालका गुम्बाहरू पनि देशको शान्ति सुरक्षामा असर पर्ने नभएर बौद्ध दर्शन र विश्व शान्तिका लागि निर्मित पवित्र मन्दिरहरू हन् ।
तर विभिन्न सञ्चार माध्यमहरूले काठमाण्डौ उपत्यका भित्र रहेका गुम्बाहरू विदेशी शक्ति राष्ट्रहरूको अखडा यन्दै गएको , गुम्बामा हातहतियार सुकाइएको भन्ने समाचारहरू यसअधि पनि प्रसारण गर्दै आएको थियो । केही दिन पहिला एपी वान ‘ टेलिभिजनको तमसोमा ज्योतिर्गमय स्तम्भमा प्रस्तोता टीकाराम यावीले बरिष्ठ पूर्व महान्यायाधिवक्त डा युवराज संग्रौलालाई कुराकानीको सन्दर्भमा प्रसंगहिन प्रश्न राख्दै बोल्न लगाएकोमा हामी बौद्ध धमांलम्वीलाई आश्चर्यचकित बनाएको छ ।
उक्त स्तम्भमा गुम्बा सम्बन्धी प्रश्न सोध्ने पूर्व योजना नभएको मोर्भ झन सकिन्छ । तर तम्भकार यात्रीले बनायस्य उक्त प्रश्न सोधेकोमा पनि यो स्तम्भ गम्भीर योजनाव : डगवाट पर्व नियोजित थियो भन्ने देखिन्छ । कार्यक्रम प्रश्तोता निज टिकाराम यात्रीले एजेण्डा नै सेटिड गरेर वरिष्ठ पूर्व महान्यायाधिबन्त डा युवराज मग्रीलालाई दूरुपयोग गरेको र संगीला पनि उक्त विचारको खलेर समर्थन गर्न पुगेका छन् ।
पत्रकार आचार सहिता २०७३ अनुसार पत्रकार र सञ्चार माध्यमले गर्न नहुने बुदा ( ५ ) बमोजिम पत्रकार र सन्चार माध्यमले देहाय अनुमार कायहरू गर्नु हुँदैन शिर्षकको १ र २ सि आकर्षित हुन्छ । र यो युदाको आधारमा प्रस्तोता तथा वरिष्ठ पर्व महान्यायाधिवक्त डा . युवराज सग्रीनाले गम्भीर गल्ति गर्न पुगेका छन् ।
यसरी नै पत्रकार आचार संहिताको सम्वाद् धार्मिक भेदभाव वा घृणा उत्पन्न गर्ने गरी सामाग्री उत्पादन गर्नु नहुने व्यवस्थाको पनि घोर उल्धन गरेको छ । उपरोक्त व्यवस्था अनुसार सार्वभौमसत्ता , राष्ट्रिय एकता र सामाजिक खलल पुग्ने सदभावमा सामाग्री प्रसारण गर्ने प्रस्तोता टीकराम यात्री र अत्तर्वार्ता दिने वरिष्ठ पूर्व महान्यायाधिवक्त डा युवराज संग्रौलालाई हदैसम्मको कारवाहीको भागिदार हुने देखिन्छ । उक्त स्तम्भलाई प्रशारणका अन्य माध्यम ( यू ट्यूव आदि ) मा समेत पुनः प्रशारण गरी एपी वान टेलीभिजनले बौद्ध धर्म र त्यससँग सम्बन्धित शान्तिपूर्ण क्रियाकलापमाथि तथ्यहीन , कपोलकल्पित भामक दुष्प्रचार गरी भम छद्ररेको छ । यसले बौद्ध धर्ममाथि नै मानमर्दन भएको छ ।
यसर्थ कार्यक्रमका प्रस्तोता टीकराम यात्री र अन्तवतां दिने वरिष्ठ पूर्व महान्यायाधिवक्त डा युवराज संग्रौला दुवैलाई हदैसम्मको कारवाहीको भागीदार बनाउनु निष्पक्ष पत्रकारिताको मान्यता हुनेछ । अर्ध -न्यायिक निकाय प्रेस पत्रकारितालाई जवाफदेही , निष्पक्ष र जनउत्तरदायी बनाउने काउन्सिल हो । अतः काउन्सिलले यस्ता अस्वास्थ्य , गैरजिम्मेवार , गैरउत्तरदायी पत्रकारिताको नियमन गर्न नसक्ने हो भने त्यसले ल्याउने परिणामको जिम्मेवार पनि काउन्सिल नै हुनेछ भन्ने हामो धारणा बन्ने निश्चित छ । यमर्थ चांडोभन्दा चांडो सत्य तथ्य छानविन गरी सख्त कारवाही गरियोस् भनि यो निवेदन साथ हादिक अनुरोध गदर्छ ।
साभार : च्याेमाेलाेङमाे.कम
Milan Shrestha । ९ आश्विन २०७४, सोमबार ००:४७ बजे