विद्युत प्राधिकरण प्रादेशिक कार्यालयलाई २ दिने अल्टिमेटम (भिडियोसहित)


२३ असार, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेत जिल्लामा भैरहेको पटके लोडसेडिङ्ग बारेमा आज सुर्खेत उद्योग बाणिज्य संघले नेपाल विधुत प्राधिकरण कर्णाली प्रादेशिक कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएको छ ।

पटके लोडसेडिङ्गले व्यावसाय उद्योग कलकारखाना मारमा परेको भन्दै ध्यानाकर्षण पत्र बुझाइएको संघका अध्यक्ष धनवहादुर रावतले बताउनुभयो । उहाँले भन्नुभयो “अहिले हामीले प्रशारण सुधार गर्नकालागि २ दिनको समय दिएका छौं यो २ दिनमा सुधार भएन भने हामी आन्दोलन गर्नेछौं ।”

त्यस्तै संघका महासचिव लक्ष्मण कँडेलले नेपाल विधुत प्राधिकरणका डिएमडि हरराज न्यौपाने संग सुर्खेतमा विधुत प्रसारणका समस्याका बारेमा कुरा राख्नुभएको छ । डिएमडी न्यौपानेले सुर्खेतबाट पहिलो पटक यसरी कुरा आएको बताउँदै सुर्खेतको विद्युत प्रसारणमा रहेका समस्याहरुलाई आफ्नो तर्फबाट समाधानकालागि पूर्णरुपमा लागि पर्ने बताउनुभएको महासचिव कँडेलले जानकारी दिनुभयो ।

कार्यक्रममा कर्णाली स्वयम् सेवक दलको पनि सहभागिता रहेको थियो