समाज उत्थान कृषि सहकारी संस्थाको चौथो बार्षिक साधारण सभा


मंसिर,२९ सुर्खेत । “एकका लागी सबै र सबैका लागी एक” भन्ने उद्धेश्यका साथ श्री समाज उत्थान कृषि तथा पशुपालन सहकारी संस्था लिमिटेड लेकवेशी–५ को चौथो बार्षिक साधारण सभा लेकवेशी नगरपालिकामा सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथी एवंम् लेकवेशी नगरपालिक ५का कार्यवाहक अध्यक्ष प्रर्शुराम मर्साङ्गीले सहकारी बिकासमा लागी आफुले सक्दो सहयोग गर्ने बताउनु भयो । मर्साङ्गीका अनुशार राज्यले सहकारी क्षेत्रलाई देश बिकासको तीन खम्बे निती अन्तर्गत ल्याउदा पनि गाउ स्तरमा अझै धेरैले सहकारीको बारेमा नबुझेको कुरा व्यक्त गर्नु भयो । वास्तवमा अझै पनि तपाई हामीले सहकारीको बारेमा गहिरिएर बुझ्न पर्ने बताउदै सहकारीको बिकास र सहकारीका बारेमा पहल परियोजनाले उल्लेखनिय कार्य गरेकोमा धन्यवाद समेत व्यक्त गर्नु भयो ।
कार्यक्रमका अथिति एवंम् वडा स्तरीय महिला सञ्जालकी अध्यक्ष दीपा खत्रीले सहकारी क्षेत्रमा लागेका महिलाहरुलाई सहकारीले बचत गर्नु पर्दछ भन्ने त सिकाउदै छ तर सहकारीमा आबद्धता हुनु भएको महिलाहरुको क्षमता र व्यतित्व बिकास समित बिभिन्न सिपमूलक तालिमहरुको आयोजना गर्न आवश्य रहेको बताउनु भयो ।

पहल परियोजनका बित्तिय सेवा अधिकृत मिलन श्रेष्ठको बिशेष आथित्यमा सम्पन्न चौथो चुनावी बार्षिक साधारण सभामा अथितीहरु चादनि फलफूल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष डिलबहादुर शाही, नेपाल आदिवासी जनजाती महासंघ वडाका अध्यक्ष पूर्णबहादुर सारु लगाएतले शुभकामना मन्तव्य व्यक्त दिनु भएको थियो ।

सहकारीका अध्यक्ष झिरबहादुर बिरकट्टाको सभापतित्वमा सम्पन्न सभामा प्रबन्धक श्री झविलाल तिवारीेले संस्थाको प्रगति तथा आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो भने संस्थाका लेखा समिती संयोजक डम्मरबहादुर खत्रीले स्वागत मन्तव्य प्रस्तुत गर्नु भएको कार्यक्रममा संस्थामा सबै भन्द बढी बचतको कारोवार गर्ने बचतकर्ता, असल ऋणी, बाल बचतकर्तालाई सम्मान पत्र सहित सम्मानित गरिएको थियो भने आज सम्पन्न चुनावी साधारण सभाबाट झिरबहादुर बिरकट्टा लाई सभाले पुन अध्यक्ष पदमा सर्व सम्मत चयन गरेको छ बिरकट्टाको अध्यक्षमा ९ सदस्यीय संचालक समिती चयन गरेको छ जसको उपध्यक्षमा शान्ती आले, सचिवमा होमनाथ पंगाली, कोषाध्यक्षमा मानबहादुर गाहा, सदस्यहरुमा मानकुमारी राना, कर्णबहादुर सिंजाली, मोती प्रसाद दर्लामी, कर्णमाया पुन र उमा रास्कोटी रहनु भएको छ भने लेखा समिती संयोजकमा टोपबहादुर बुढालाई सर्व सम्मत चयन गरेको छ ।