जिल्लामै पहिलोपटक सरकारी कार्यालयमा स्तनपान कक्ष स्थापना


 

रमेश कुमार वली
सल्यान २२, पुस । सल्यानमा पहिलोपटक सरकारी कार्यालयमा स्तनपान तथा शिशु स्याहार कक्ष स्थापना गरिएको छ । जिल्ला हुलाक कार्यालय सल्यानमा कार्यालयमा आउने सेवाग्राही तथा कर्मचारीहरुको सुविधाका लागि स्तनपान तथा शिशु स्याहार कक्ष स्थापना गरेको हो ।
कार्यालयमा आउने शिशु सहितका सेवाग्राही तथा महिला कर्मचारीहरुले आफना वच्चाहरुलाई स्तनपान तथा शिशु स्याहार गर्न सहज वनाउने उद्देश्यले आइतवार देखि कार्यालय परिसरमा निर्माण गरिएको स्तनपान तथा शिसु स्याहार कक्ष सञ्चालनमा ल्याइएको हो ।

जिल्लाका कुनै पनि सरकारी कार्यालयमा स्तपान तथा शिसु स्याहारका लागि व्यवस्था नभएकोले महिला सेवाग्राहीको सुविधालाई ध्यानमा राखी कक्ष सञ्चालनमा ल्याइएको जिल्ला हुलाक कार्यालय सल्यानका कार्यालय प्रमुख धिरेन्द्र वहादुर वुढाथोकीले जानकारी दिनुभयो । ”“सार्वजनिक स्थान तथा कार्यालयका खुला स्थानहरुमा स्तनपान गराउन महिलाहरुलाई असहज भएको महशुस गरेर स्तनपान कक्ष निर्माण गरेका हौ ।” वुढाथोकीले भन्नुभयो । कक्षमा एकैपटक तीन जना महिलाहरुले स्तनपान गराउन सक्नेछन् ।

यसैवीच जिल्ला हुलाक कार्यालय सल्यान र कुमारी वैंक शाखा सल्यानको सहकार्यमा ६७ वालवालिकाहरुलाई न्यानो कपडा हस्तन्तरण गरिएको छ । स्तनपान तथा शिुश स्याहार केन्द्र उद्घाटनमा उपस्थित भएका वालवालिाहरुलाई न्यानो कपडा वितरण गरिएको हो ।