
९ कार्तिक, सुर्खेत । कर्णाली प्रदेशमा प्रतिस्पर्धात्मक यातायात क्षेत्रमा आफ्नो क्षेत्रमा साखलाई कायम राख्दै सुर्खेत काँक्रेविहार यातायात प्रा.लि. सुर्खेतले काठमाडौ रुटमा २ वटा नयाँ एयर बस थप गरेको छ ।
सुर्खेत काँक्रेविहार यातायातले यातायातको पहुँच भएको कर्णाली प्रदेश भरीमा दिवा तथा रात्री सेवा सुविधा दिइरहेको प्रालिका अध्यक्ष रमेश सापकोटाले जानकारी दिनुभयो ।
प्रालिमा अहिले १३२ वटा बस तथा माइक्रो बस आबद्ध रहेको र आउँदो पौष मसान्त सम्म ५ वटा एयर सस्पेन्सन रात्री बस थप गर्ने गरि तयारी गरेको अध्यक्ष सापकोटाले बताउनुभयो । साथै २ महिना भित्र नै २१ वटा सवारी साधन थप गर्ने जानकारी दिनुभयो ।




Milan Shrestha । ९ कार्तिक २०७६, शनिबार २०:३४ बजे