पोदमारा पुग्ने सडक निर्माण हुँदै



माघ २, कालीकोट ।

कालीकोट जिल्लाको पोदमारा साना जलबिद्युत्त आयोजना सम्म पुग्ने सडक निर्माणमा तिब्रता आएको छ । पहिलो पटक जिल्लामा निर्माण भएको बिद्युत्त केन्द्र सम्म पुग्न असहज मात्रै होइन सामाना ल्याउन र लिन पनि हुने कठिनाइलाई आत्मसाथ गर्दै सो सडक निर्माण कार्यलाई तिब्रता दिइएको हो ।

रास्कोट नगरपालिकाको रोहोटे धारा देखि बिद्युत्त गृहसम्म करिब ७ किलोमिटर सडक निर्माणका लागि पालिकाले डोजरका लागि आबस्यक इन्धन र अप्रेटरको सहयोग गरेपछि सडक निर्माणका लागि सहज भएको हो ।

सान्नित्रिबेणि गाउँपालिकामा अबस्थित सो बिद्युत्त गृह निर्माण भएपछि कालीकोटका नागरिकहरुले उज्यालो पाएकाले यसको संरक्षण, सम्बद्र्धन र स्तर उन्नतिको आबस्यकता रहेकाले त्यहाँ सम्म सडक सञ्जाल बिस्तार गर्नु आजको आबस्यकता भएको नगर उपप्रमूख मिमसरा बमको भनाई छ ।

सडक निर्माण कार्य तिब्र गतिमा हुन थालेपछि स्थानियवासीहरु पनि खुसी भएका छन् ।